+
+
Shares

मेलिना र समिरको ‘पल्केर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १७ गते १०:१५

‘पल्केर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राई र समिर सिंगकको आवज रहेको गीतमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् । गीतमा डिपि खनालको शब्द सुन्न सकिन्छ ।

भिडियोमा एलिशा राई र किरण गुरुङलाई फिचर गरिएको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा किरण एलिशासँग पल्किएको देखाइएको छ । भिडियोलाई केन्द्र लिम्बुले निर्माण गरेका हुन् ।

बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?