Comments Add Comment

वर्षाको फरक–फरक अवतार

नायिका वर्षा सिवाकोटीका लागि नेपाली चलचित्रको यात्रामा सबैभन्दा खुशी मिलेको बर्ष यही हुनसक्छ । उनी अभिनित चलचित्रले बक्स अफिसमा धमका मच्चाएर उनलाई खुशी मिलेको होइन । बरु, उनको हातमा एकपछि अर्को चलचित्रको अफर आइरहेकाले पनि उनलाई खुशी मिलेको छ ।

‘वीर विक्रम २’ रिलिजपछि वर्षाको हातमा ‘चालबाज, परदेशी २, सुदुर, गोर्खा वारियर’ लगायतका चलचित्र छन् । यी चलचित्रका कारण पनि वर्षाको आउँदो बर्ष सुखद हुने देखिन्छ । वर्षा आउँदो बर्ष पनि सर्वाधिक व्यस्त बन्नेछिन् ।

वर्षाले अहिले एकपछि अर्को फरक फरक लुक्सका तस्वीर पोष्ट गरिरहेकी छिन् । वर्षाले पोष्ट गरेका तस्वीरमा उनी जती उत्साहित देखिन्छिन्, यसले पनि उनको खुशी मुल्यांकन गर्न सकिन्छ ।

वर्षा आफूले अहिले फरक फरक पहिरन र स्टाइलमा आफ्नो लुक्स टेष्ट गरिरहेको सुनाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment