Comments Add Comment

ड्यानिएल स्टुरिज : सम्झौता तीन वर्षको तर ८ महिनामै रद्द

टर्किस क्लब ट्राबजोनस्पोरसँग तीन वर्षको लागि सम्झौता गरेका इंग्लिस फुटबलर ड्यानिएल स्टुरजको सम्झौता ८ महिनामै रद्द भएको छ ।

उनी समर विन्डोमा फ्रि ट्रान्सफरमा लिभरपुल छाड्दै टर्कीस क्लब पुगेका थिए । जहाँ उनले ३ वर्षको सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । तर क्लबसँगको आपसी सहमतिमा उनी ८ महिनापछि क्लब छाड्ने अवस्थामा पुगेका हुन् ।

प्रिमियर लिगमा चेल्सी र म्यानचेष्टर सिटीबाट समेत खेलिसकेका स्टुरिजले अब अर्को समरसम्म युरोपियन क्लबमा खेल्न पाउने छैनन् ।

‘हाम्रो कम्पनी र व्यावसयीक फुटबलर ड्यानिएल स्टुरिजबीच भएको सम्झौता ९२१ सेप्टेम्बर २०१९ देखि ३१ मे २०११ सम्म० सहमतीमा रद्ध गरिएको छ,’ ट्राबजोनस्पोरको स्टेमेन्टमा उल्लेख छ । टर्किस क्लबमा स्६ुरिजले १३ खेल खेल्दै ७ गोल गरेका थिए ।

म्यानचेष्टर सिटीको एकेडेमीबाट फुटबल शुरु गरेका स्टुरिजले सन् २००७ मा १७ वर्षको हुँदा फस्ट टिममा डेब्यु गरेका थिए । तर सिटीका लागि जम्मा ३२ खेल खेलेर उनी सन् २००९ मा लण्डन क्लब चेल्सी पुगे ।

चेल्सीमै रहँदा लोनमा बोल्डनबाट समेत खेलेका स्टुरिज २०१३ मा लिभरपुल पुगेका थिए । उनले २०१९ सम्म लिभपुरलमा रहँदा १६० खेल खेलेका स्टुरिजले ६७ गोल गरे । योर्गन क्लोप लिभरपुल आएपछि स्टुरिजले अधिकांश समय बेन्चमै बिताएका थिए । उनले २०१९ मा युरोपियन च्याम्पियन्स लिग जितेका थिए । त्यसअघि उनले २०१२ मा चेल्सीबाट समेत च्याम्पियन्स लिग जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment