+
+

युवा संघका कार्यक्रम स्थगित, जनचेतनामूलक काममा परिचालित हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १०:५२
राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)

२० फागुन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले सबैस्तरका जमघट हुने कार्यक्रमहरू स्थगित गरेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भीडभाड हुने कार्यक्रम नगर्न सरकारले आग्रह गरेललगत्तै युवा संघले आफ्ना सबै कार्यक्रमहरू स्थगित गरेको हो ।

मातहतका सबै कमिटीहरूलाई जमघट हुने कार्यक्रम नगर्न निर्देशन दिएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) ले बताए ।

संघले कोरोना भाइरसबारे जनचेतनामूलक काममा परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन पनि दिएको छ ।

नेकपाले आज निर्धारित प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण पनि स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?