+
+

विद्यार्थीको ज्वरो नाप्न स्कुलमा पनि इन्फारेड थर्मोमिटरको प्रयोग थालियो

चन्द्र आले चन्द्र आले
२०७६ फागुन २३ गते १०:५९

२३ फागुन, काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि विद्यालयहरुले पनि विद्यार्थीहरुमा ज्वरो नाप्ने उपकरण इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थालेका छन् ।

शुक्रबार बिहान काठमाडौंको भीएस निकेतन स्कुलले आफ्ना विद्यार्थीहरुमा इन्फारेड थर्मोमिटरको प्रयोग गरेको देखियो ।

ज्वरो चेक गर्दै विद्यार्थीलाई विद्यालय प्रवेश गराउन थालिएको विद्यालयले जनाएको छ ।

शरीरको तापक्रम बढी भएमा इन्फारेड थर्मोमिटरमा रातो संकेत देखिन्छ । त्यस्तो देखिएमा सम्वन्धित व्यक्तिलाई उपचारका लागि पठाइन्छ ।

कोरोना भाइरस संक्रमणको सुरुवातको लक्षण शरीरमा तापक्रम बढ्नु हो । त्यसैले विमानस्थल, सञ्चारगृह र विद्यालयहरुमा पनि इन्फारेड थर्मोमिटरको प्रयोग गरी ज्वरो नाप्न थालिएको छ ।

काठमाडौंमा कोरोना भाइरस भित्रिइसकेको पुष्टि भइसकेको छैन । यद्यपि नेपाल पनि उच्च जोखिममा भएकाले सतर्कता अपनाइएको छ । सरकारले विद्यालयहरुलाई आउँदो परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न हालै निर्देशनसमेत दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?