+
+

जर्मनीमा लगातार तेस्रो जितसहित प्रिन्स अन्तिम १६ मा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते १८:१३

२३ फागुन, काठमाडौं । नेपाली युवा ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिज २०२० मा लगातार तेस्राे जित हासिल गरेका छन् ।

बिहीबार भएको यू-१९ सिंगल्सको तेस्रो चरणमा प्रिन्सले घरेलु खेलाडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । प्रिन्सले जर्मन खेलाडी कियन यु वेईलाई २-१ काे सेटमा हराए । प्रिन्सले ११-२१, २१-१७, २१-५ ले पराजित गरेको टिम म्यानेजर सुवास श्रेष्ठले जर्मनीबाट जानकारी दिए ।

प्रिन्स त्यसअघि नेदरल्याण्ड्समा डच जुनियर इन्टरनेसनल खेलेर जर्मनी पुगेका हुन् । ललितपुरकाे डाफे इंग्लिस बाेर्डिङ स्कुलमा अध्ययनरत १६ वर्षीय प्रिन्स बिडब्लुएफकाे विश्व जुनियर वरियतामा शीर्ष दशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?