+
+

कोरोनाले रोकियो न्याम्सकाे दीक्षान्त समारोह

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २४ गते ७:५९

२४ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को तेस्रो दीक्षान्त समारोह स्थगित भएको छ ।

प्रतिष्ठानले यसअघि यही चैत ७ गते दीक्षान्त समारोह गर्ने मिति तय गरेको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्व्यापी बन्दै गएपछि उसले समारोह स्थगितको निर्णय लिएको छ ।

विश्व्यापी रूपमा फैलिएको कोरोनाको संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन दीक्षान्त समारोहको निर्धारित कार्यक्रम स्थगन गरिएको प्रतिष्ठानले जनाएको छ ।

स्थगित दीक्षान्त समारोहको अर्को मिति भने तोकिएको छैन । समारोह अनुकुल समयमा पछि गरिने प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?