Comments Add Comment

स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ ।

पाँच राष्ट्र सहभागि प्रतियोगितामा एक खेल मात्र जितेको नेपाल चौथो भएको थियो । शीर्ष दुईमा पर्न असफल भएपछि नेपालले एसिया कप छनोट खेल्ने मौका पनि गुमायो ।

थाइल्याण्डमा भएको प्रतियोगितामा नेपालले मलेसिया र हङकङसँग शुरुमै हार बेहोर्दा लक्ष्य टाढा भइसकेको थियो । तेस्रो खेलमा घरेलु टोली थाइल्याण्डलाई हराउनु नै नेपालको एक मात्र जित रह्यो । सिंगापुर विरुद्धको खेल भने रद्ध भएको थियो ।

ब्याटिङ खराब हुँदा नेपालले मलेसिया र हङकङ विरुद्ध समान १५५ रनको लक्ष्य भेट्टाउन सकेन । नेपाल दुवै खेलमा अलआउट भयो । नेपालका कुनै खेलाडीले अर्धशतक प्रहार गर्न सकेनन् ।

सन्दीप लामिछाने टी२० क्रिकेटमा १०० विकेट पूरा गरे भने थाइल्याण्डविरुद्ध ४ ओभरको स्पेशलमा २२ डट बल फाल्दै अर्को कीर्तिमान पनि बनाए ।

यस रिजनबाट सिंगापुर र हङकङ पहिलो र दोस्रो हँदै एसिया कप क्वालिफायरमा पुगेका छन् । वेस्टर्न रिजनबाट युएई र कुवेत एसिया कप क्वालिफायरमा पुगिसकेका छन् । अब अगष्टमा मलेसियामा हुने चार राष्ट्र सम्मिलित छनोटको विजेता टिम एसिया कपमा पुग्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment