Comments Add Comment

कोरोना भाइरस विरुद्ध फेसबुकको यस्तो अभियान

फेसबुक केवल समय बिताउने माध्यम मात्र रहेन । अचेल हरेक समस्याका बारेमा छोटो समयमा नै संसारभरीका मानिसहरुसमक्ष सूचना पुर्‍याउने माध्यम समेत फेसबुक नै बन्दै गैरहेको छ । अझ भनौं, ठूलो संख्यामा मानिसहरु ताजा सूचनाका लागि फेसबुकमा नै निर्भर हुन थालेका छन् । नेपाल पनि त्यसबाट अछुतो छैन ।

अहिले संसारभरी नै माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपले थुप्रै देशका मानिसहरुलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म कुनै पनि मानिसमा यो भाइरसको संक्रमण नदेखिए पनि सरकारी तथा व्यक्तिगत रुपमै सावधानी अपनाउने कार्य बढेको छ । त्यसो त विश्व स्वास्थ संगठनले समेत नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिममा राखेकोले नेपालका नागरिकहरुमा समेत एक किसिमको त्रास उत्पन्न भएको छ ।

अहिले हाम्रो छिमेकी मुलुक भारतसहित विश्वका ७६ वटा देशहरु कोरोना भाइरससंग लडिरहेका छन् । अहिलेसम्म संसार भरीमा कोरोना भाइरस (कोविड -१९) बाट ९३ हजार ९० जना व्यक्तिहरु संक्रमित भैसकेका छन् भने यो भाइरसका कारण २ हजार ९ सय ८४ जना व्यक्तिहरुले आफ्नो ज्यान गुमाइसकेका छन् ।

यस्तो स्थितिमा फेसबुक कोरोना भाइरससंग सम्बन्धित सही जानकारीहरु मानिसहरुसम्म पुर्‍याउन र भ्रमित हुने किसिमका जानकारीहरुलाई रोक्नका लागि के गर्दैछ त ?

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार यसका लागि उनको कम्पनीले स्वास्थ्य अधिकारीहरुको समन्वयमा काम गरिरहेको छ । उनी भन्छन्-‘सबैले यस बारेमा सही जानकारी पाउन सकुन् र गलत हल्लबाट बचून् भन्नका लागि हामीले कोशिश गरिरहेका छौं ।’

उनी भन्छन्-‘जब कुनै फेसबुक प्रयोगकर्ताले यदि फेसबुकमा कोरोना भाइरस शब्द सर्च गर्छन् भने त्यो समयमा उसले एउटा सन्देश देख्छ र उसले अझ धेरै जानकारीका लागि विश्व स्वास्थ्य संगठन अथवा स्थानीय स्व्ाास्थ्य विभागको पेजमा पुग्छ । यसका साथै फेसबुकले आफ्नो पेजमा विश्व स्वास्थ्य संगठनलाई निशुल्क विज्ञापनको लागि स्थान प्रदान गरेको छ ।’

जुकरबर्गका अनुसार कोरोना भाइरसको सामाना गर्ने कोशिशमा लागेका अन्य संस्थाहरुलाई पनि फेसबुकले लाखौं रुपैयाँको विज्ञापन पनि प्रदान गर्ने भएको छ ।

उनी भन्छन्-‘सामाजिक सञ्जालबाट कोरोना भाइरससंग सम्बन्धित भ्रामक र गलत जानकारी रोक्ने काम पनि फेसबुकले गरिरहेको छ ।’

जुकरबर्ग भन्छन्-‘सबैलाई आफ्नो अनुभव शेयर गर्ने अधिकार हुन्छ, तर गलत जानकारी र विभिन्न किसिमका अड्कलहरुलाई हटाउन थालिएको छ । यसको साथै कम्पनीहरुले त्यस्ता सबै विज्ञापनहरुलाई पनि ब्लक गरिरहेको छ, जसले यो स्थितिबाट लाभ उठाउने काशिश गरिरहेका छन् ।’

उनी उदाहरण दिँदै भन्छन्-‘जसले कोरोना भाइरसको पूर्ण उपचारका लागि औषधि गरिन्छ भनेर सामान बेच्ने जस्ता विज्ञापनहरुलाई ब्लक गरिँदैछ । फेसबुक ग्रुपहरुमा जस्ता कुराहरु भैरहेका छन्, त्यसको विस्तारलाई हेर्ने हो भने कम्पनीका लागि यो एउटा ठुलो काम हो ।’

जुकरबर्गका अनुसार स्टप ५ जी यूके ग्रुपमा मानिसहरु कोरोना भाइरससंग सम्वन्धित विभिन्न किसिमका अड्कलहरु पोस्ट गरिरहेका छन् । पोस्टका अनुसार केही मानिसहरु ब्रेक्जिटको कुराबाट ध्यान हटाउनका लागि कोरोना भाइरसको बारेमा अफवाह फैलाइरहेका छन् ।

जुकरबर्ग भन्छन्-‘एक जना व्यक्तिले कोरोना भाइरस-अ ग्लोबलिस्ट टूल नामक एउटा यूट्यूब भिडियोको लिंक पनि पोस्ट गरेका थिए । यस प्रकारका कुराहरुमा फेसबुकलाई आफ्नो लडाइँ अगाडि बढाउनका लागि एक-अर्काको प्लेटर्फममा निर्भर हुनु पर्छ ।’

जुकरबर्गका अनुसार यूट्यूबले त्यसलाई रोक्न सम्पूर्ण कोशिश गरिरहेको छ, तर त्यस्तो हुँदा-हुँदै पनि त्यस्ता भ्रामक कुराहरुलाई रोक्न कठिन भैरहेको छ । उक्त  एपमा संसार भरीका विभिन्न त्यस्ता भिडियोहरु छन्, जसका जानकार कोरोना भाइरस, ५जी र संसार षडयन्त्रसंग सम्बन्ध रहेको दावी गर्छन् र खोपको कुरा गर्छन् ।

जुकरबर्ग भन्छन्-‘उनी स्वयंले केही दिन अगाडि यूट्यूबलाई एउटा त्यस्तो भिडियोको बारेमा जानकारी दिए, जसले आफुलाई बेलायती ५ जी विरोधी अभियान चलाउने बताएर कोरोना भाइरसको बारेमा झुठो दावी गरिरहेका थिए । त्यो भिडियोमा व्यक्ति एउटा रुसी पेन ड्राइभ बेच्ने कोशिश गरिरहेको छ, जसले ५ जी र कोरोना भाइरस फैलन रोक्छ । यूट्यूबले त्यस्ता भिडियोले यूट्यूबको नियमहरुलाई उल्लंघन गर्छ मानेर त्यसलाई ब्लक गरिदियौं ।’

जुबकबर्गका अनुसार उनले सोशल मिडियामा त्यस्ता विभिन्न किसिमका विज्ञापन पनि देखेका छन्, जसले अहिलेको ताजा स्थितिको लाभ उठाउने कोशिश गरिरहेका छन् र उच्च मुल्यमा सामान बच्ने कोशिशमा जुटेका छन् ।

उनका अनुसार एउटा विज्ञापनमा त २९ दशमलव ९५ डलरमा तपाईंले त्यस्तो फेस मास्क खरिद गर्न सक्नु हुन्छ, जसमा आधुनिक कार्बन फिल्टर लगाइएको हुन्छ, जसले फ्लूबाट प्रभावकारी तरिकाले तपाईंको रक्षा गर्छ ।

विभिन्न विज्ञापनले त ६५ देखि १०० डलरमा सिधा चीनबाट आयात गरिएका कोविड-१९ मास्क बेच्ने दावी गरेका छन् ।

जुकरबर्ग भन्छन्-‘केही फेसबुक ग्रुपमा ग्रुपका मध्यस्थकर्ता कोरोना भाइरससंग सम्बन्धित भ्रामक खबरहरुका विरुद्धमा लेखिरहेका छन् ।’

५ जी अथवा कुनै पनि कुराहरुको बारेमा मिडियामा छापेको खबरबाहेक यदि कुनै पनि प्रकारको भ्रामक जानकारी पोस्ट गरेमा उसलाई तुरुन्त ग्रुपबाट हटाइन्छ भनेर स्टप ५ जी यूके ग्रुपका एक सदस्यले आफ्नो स्थानीय समुदायसंग जोडिएको एउटा ग्रुपमा लेखेका छन् ।

लिड्सप्लेस नामक फेसबुक ग्रुपमा सहभागि हुने इच्छा राख्नेहरुले पहिले नै यसको पेजमा एउटा सन्देश देख्छ, जसमा भनिएको छ-‘आत्तिएका अड्कलबाज हामी तपाईंहरुको अधिकारको सम्मान गर्छौं तर लिड्सप्लेसमा तपाईंको भ्रामक जानकारीहरुलाई हामी फैलन दिँदैनौ । यदि तपाईंले ती कारणले अटिज्म ठिक हुन्छ अथवा केमिकलहरुका कारण हामी मर्ने वाला छौं जस्ता कुराहरुमा विश्वास गर्नु हुन्छ र यस्ता गलत जानकारी फैलाउनका लागि तपाईं यो मञ्चको प्रयोग गर्न चाहनु हुन्छ भने तपाईंलाई बिना कुनै चेतावनी ब्याण्ड गरिन्छ ।’

सोसल मिडियामा यस प्रकारका विभिन्न ग्रुपहरु छन्, जुन गलत जानकारीहरुको बारेमा नै चर्चा गर्नका लागि बनाइएको हुन्छ । त्यसले भ्रामक जानकारीहरुलाई अगाडि बढाउने नै काम गर्छ भन्ने कुरा जुगरबर्क मान्छन् ।

त्यस्तै समयका साथ सोशल मिडियामा त्यस प्रकारका गलत जानकारीहरुलाई रोक्न यसकारण पनि कठिन भएको छ, किनभने फेसबुकले आफ्ना प्रयोगकर्तालाई गोप्य रुपमा कुनै पनि कुरा पोस्ट गर्ने स्वतन्त्रता दिएको उनी बताउँछन् ।

उनी भन्छन्-‘ हृवाट्सएप ग्रुपमा कोरोना भाइरसको बारेमा कस्ता र कति चर्चा भएको छ भन्ने कुरा कसैलाई थाहा छैन ।’

हृवाट्सएप जस्तै फेसबुकमा पनि उनले एड टु एड एनिक्रप्सन ल्याउने विचार गरिरहेको छु भनेर मार्क जुकरबर्गले  एक वर्ष अगाडि नै भनेका थिए ।

भविष्यमा सोशल मिडियामा मानिसहरु त्यस्तो विश्वासका साथ जानकारीहरु शेयर गर्न चाहन्छन्, जसमा कसैले उनको कुरा पढ्न अथवा सुन्न नसक्ने हुन्छ । तर भ्रामक जानकारीहरुलाई फैलनबाट रोक्ने यो नै सबैभन्दा ठुलो अवरोध प्रमाणित हुन सक्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment