+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कञ्चनपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १७:४८

२५ फागुन, काठमाडौं । कञ्चनुपरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पुनर्वास नगरपालिका-८ का दिनदयाल राना रहेका छन् ।

म.२ प ५२२ नम्बर र से.४ प ६९६६ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिकाको वडा नम्बर ८ स्थित सडकमा आइतबार बिहान एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भइका म.२ प ५२२ नम्बरको मोटरसाइकल चालक रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २ जनालाई थप उपचारको लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?