+
+

मापसेको कारबाहीबाट जोगिन ५ हजार घुस !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २६ गते १२:४०

२६ फागुन, काठमाडौं । मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्ति ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिकाका ४२ वर्षीय विनोद श्रेष्ठ छन् । उनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले पक्राउ गरेको हो ।

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंकाका आधारमा जाँच्ने क्रममा कालिमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक श्रेष्ठ नियन्त्रणमा परेका थिए ।

तर, उनले ट्राफिक प्रहरीलाई ५ हजार रुपैयाँ नगद दिएर कारबाहीबाट बच्ने कोशिस गरेका थिए ।

यद्यपि, ट्राफिक प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिए । यसरी कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्नेलाई कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?