+

कोरोनाका कारण विश्वकप छनोटका दुई खेल स्थगित

२०७६ फागुन  २७ गते १२:११ २०७६ फागुन २७ गते १२:११
कोरोनाका कारण विश्वकप छनोटका दुई खेल स्थगित

काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत अप्रिल र जुनमा हुने खेलहरु स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारण विश्वकपको एसिया छनोट अन्तर्गतका खेलहरु स्थगित भएको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले एसियाका सदस्य राष्ट्रहरुसँग छलफल गरेपछि मार्च र जुनको खेल स्थगित गर्ने निर्णय गरेको हो ।

मार्च २३ देखि ३१ सम्म र जुन १ देखि ९ सम्मको खेलहरु स्थगित गरिएको एएफसी र फिपाले जनाएको छ । स्थगित गरिएको खेलको खेल तालिका बारे पिफा र एएफसीले पछि जानकारी गराउने जनाएको छ ।

फिफा र एएफसीको निर्णयपछि नेपालमा यही मार्च अन्तिम साता हुने भनिएको विश्वकप छनोटका दुई खेल आधिकारिक रुपमै स्थगित भएको छ । चाइनिज ताइपेई र अष्ट्रेलियाबीच तय खेलको लागि प्रशिक्षण थालेको नेपाली टिमको प्रशिक्षण पनि अखिल नेपाल फुटबल संघ एन्फाले स्थगित गरिसकेको छ ।

नेपाले मार्च २६ मा चाइनिज ताइपेई र मार्च ३१ मा अष्ट्रेलियासँग खेल तालिका थियो । कोरोनाकै कारण देखाउँदै अष्ट्रेलियाले नेपालसँगको खेलसमेत अक्टोबरमा सार्न एएफसीसँग आग्रह गरेको थियो ।

यस्तै फिफा र एएफसीले सुरक्षाको सबै जिम्मेवारी लिन सक्छ र विपक्षी टिम खेल्न तयार रहेमा भने मार्च र जुनको खेल खेलाउन सकिने समेत जनाएको छ ।
तर कोरोनाकै कारण तुर्कमिनिस्तान एएफसी फुटसल च्याम्पियनसिप पनि स्थगित भएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण स्थगित भएका खेलको तालिका पछि सार्वजनिक गर्ने पनि जनाइएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय