
२७ फागुन, काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकाविरुद्ध अनुसन्धान गर्न प्रहरीले ७ दिनलाई म्याद पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले मंगलबार शिक्षिका सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धानका लागि म्याद दिएको हो ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली कर्मचार्यविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कसुर गरेको दाबी गर्दै म्याद थपका लागि अदालत पुगेको थियो । अदालतले म्याद दिएपछि थप प्रमाण संकलन गर्ने तयारी प्रहरीले गरिरहेको छ ।
कर्मचार्यमाथिको अभियोग प्रमाणित भए ५० हजार रुपैयाँसम्म वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4