Comments Add Comment

पललाई प्रश्न–‘ऋचा–दिपेक्ष कि आँचल–उदिप’ ?

नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति पछि सर्यो । कोरोना त्रासका कारण चलचित्रको प्रदर्शन मिति पछि सारिएको हो ।

पल र पूजाले भने चलचित्रको प्रचारका लागि मिहिनेत गरेका थिए । अनलाइनखबरसँग कुरा गर्दै पल र पूजाले आफ्नो करिअरका लागि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ विशेष रहेको बताएका थिए ।

अनलाइनखबरको ‘ओके र्यापिड फायर’मा जवाफ दिदै पलले आफूलाई नायक राजेश हमाल र मधु भट्टराइको जोडीलाई पर्दामा हेर्न मन लागेको बताएका थिए ।


दुई मध्ये एक रोज्नुहोस् भन्ने एक प्रश्नमा पललाई ‘ऋचा शर्मा–दिपेक्ष विक्रम राणा वा आँचल शर्मा–उदिप श्रेष्ठ’को जोडीमा तपाइलाई कुन राम्रो लाग्यो भनेर सोधिएको थियो । यो प्रश्नको जवाफ दिन उनी केही समय अन्कनाएका थिए । तर, पलले आफूलाई तुलानात्मक रुपमा ऋचा शर्मा र दिपेक्ष विक्रम राणाको जोडी मन परेको सुनाए ।

उनले, नायिका पूजा शर्मालाई अहिलेको अवस्थामा नेपालको नम्बर १ नायिकाको ट्याग समेत दिएका छन् । यस्तै, नायिका पूजा शर्माले पनि आफूलाई तुलानात्मक रुपमा ऋचा शर्मा र दिपेक्ष विक्रम राणाको जोडी मन परेको सुनाए ।

तपाइलाई ‘चकलेटी हिरो’ भन्ने वित्तिकै कुन कलाकारको याद आउँछ भन्ने प्रश्नमा पूजाले आर्यन सिग्देलको नाम लिएकी छिन् । पलले भने आफूलाई नै चकलेटी हिरो भनेका छन् ।

‘बक्स अफिस किङ’को रुपमा दुबैले ‘छक्का पन्जा’ टिमलाई रोजेका छन् । ‘लभ गुरु’को रुपमा नायिका पूजा शर्माले नायक भूवन केसीलाई रोज्दा पलले भने निर्देशक शोभित बस्नेतलाई रोजेका छन् ।
पल र पूजाले यसअघि चलचित्र ‘म यस्तो गीत गाउँछु’मा एकसाथ काम गरेका थिए ।

तस्वीर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment