+
+
Shares

आँचल र उदिप बिहे बन्धनमा बाँधिदै

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १०:४६

नायिका आँचल शर्मा आज बैबाहिक जीवनमा बाँधिदै छिन् । आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठको साथमा उनी बैबाहिक जीवनमा बाँधिदैछिन् । आँचल र उदिपको आज काठमाण्डौको एक पाँच तारे होटलमा बिबाह हुँदैछ । आँचल र उदिपले बिबाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए ।

आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् ।

यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । आँचल र उदिपले चैत्र १ गते भने काठमाण्डौको एक पाँच तारे होटलमा बिहे भोजको आयोजना गरेका छन् ।

गतबर्षको दशैंमा भेट भएपछि नजिक भएका आँचल र उदिप १ बर्ष भन्दा लामो समय प्रेम सम्बन्धमा रहेर बिबाह बन्धनमा बाँधिन लागेका हुन् । आदिप जोडीलाई बैबाहिक जीवनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?