Comments Add Comment

राप्रपा एकताले संसदमा पायो चर्चा

२९ फागुन, काठमाडौं । राप्रपा र राप्रपा संयुक्तबीचको एकतालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले व्यवस्थाविरोधीहरु सल्बलाएको अर्थमा टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा नेकपा सांसद बेदुराम भुसालले मुलुक कतै प्रतिगमनको बाटोमा जाने त होइन भन्ने प्रश्न गरे ।

‘३० बर्षसम्म निरंकुश शासनभित्र रहेर स्वार्थ पूरा गर्नेहरु सबैभन्दा ठूला राष्ट्रवादी हौं भनेर अगाडि आउन खोज्दैछ । फेरि त्यो प्रतिगमनको बाटोमा कतै मुलुक त जाने होइन ?’ भुसालले प्रश्न गरे, ‘आशंका देशव्यापी रुपमा प्रकट हुन थालेको छ । म त्यो महसुस गर्छु ।’

सरकारले जनचाहना अनुसार काम गरेमा उनीहरु अगाडि आउन नसक्ने भुसालको भनाइ छ । ‘राजनीतिक परिवर्तनलाई सम्पूर्ण उपलब्धी ठान्दा गएको ९० बर्षमा इतिहास पटक–पटक दोहोरिएका छन् । त्यसबाट पाठ सिक्दै वर्तमान सरकारले परिवर्तनको गतिअनुरुप आर्थिक समाजिक र सांस्कृति गति अगाडि बढाउन आवश्यक छ’ उनले भने ।

सांसद रामनारायण विडारीले सरकार र संसदले प्रभावकारी काम गरेमा व्यवस्था विरोधीहरु ‘झिसमिस’ हुने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment