Comments Add Comment

‘औषधी पर्याप्त पाइन्छ, किनेर राख्नुपर्दैन’

३० फागुन, काठमाडौं । औषधी व्यवस्था विभागले मानिसहरुले आवश्यकता भन्दा बढी औषधी खरिद गरेको देखिएको बताएको छ । आवश्यकता भन्दा धेरै खरिद गर्दा बजारमा औषधी नै नपाउने अवस्था देखिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चले शुक्रबार आयोजना गरेको अन्तर्क्रियामा बोल्दै महानिर्देशक ढकालले अत्यावश्यक औषधी मुलुकलाई अझै ६ महिनालाई पुग्ने बताए ।

‘औषधी कम्पनीहरुको उत्पादन पनि निरन्तर छ, आयातमा कुनै समस्या छैन, कुनै एक औषधिको विकल्पमा प्रयोग गर्ने औषधी पनि प्रशस्त छ’ उनले भने ।

महानिर्देशक ढकालले बजारमा औषधी नपाए र बढी मूल्य लिएमा उजुरी गर्न पनि आग्रह गरे । कुनै औषधी वा वस्तु कम रहेको भन्ने सूचना सार्वजनिक हुने बितिक्कै त्यसैमा कालाबजारी सुरु हुने गरेको उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले खाद्य वस्तुबाट कोरोना संक्रमण हुन सक्ने जोखिमबारे विभाग गम्भीर रहेको बताइन् ।

उच्च संक्रमण जोखिममा रहेको मुलुकबाट खाद्य वस्तु आयातमा रोक लगाइएको र प्रक्रिया पूरा भएर बाटोमा रहेका वस्तुमा कम्तीमा २४ घण्टासम्म क्वारेन्टाइनमा राख्ने गरी तयारी भएको महानिर्देशक वैद्यले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment