Comments Add Comment

कोरोनाको कारण विदेशी खेलाडीले पाकिस्तान सुपर लिग छाडे

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण पाकिस्तान सुपर लिग टि-२० क्रिकेट पनि प्रभावित बनेको छ । कोरोनाकै कारण पाकिस्तानमा क्रिकेट खेलिरहेका विदेशी खेलाडीहरुले पाकिस्तान छाड्न लागेका हुन् ।

यसमा इंग्ल्याण्डका खेलाडीहरु धेरै छन् । पेसावार जाल्मीबाट खेल्ने इंग्लयाण्डका टम बान्टन, लिअम लिभिङस्टोन र लेविस ग्रगोरी तथा वेष्ट इन्डिजका कार्लोस ब्रेथवेइटे, मुल्तान सुल्तानका इंग्लिस खेलाडि जेम्स भिन्स र कराँची किंग्सका एलेक्स हाल्स घर फर्किन लागेका हुन् ।

यस्तै पेशावारका लिअम डवसन प्रशिक्षक जेम्स फोस्टर, मुल्तानका रिले रुसो र ज्यासन रोए अनी क्वेट्टा ग्लाडिएटर्सका टायमल मिल्स पनि फर्किने भएका हुन् ।

कोरोनाको प्रभाव अझै रहिरहेमा पाकिस्तानबाट अरु विदेशी खेलाडी पनि फर्किने सम्भावना रहेको छ ।

पाकिस्तान क्रिकेट बोर्डले भने लिग योजना अनुसार नै अगाडि बढ्ने जनाएको छ । तर खेलहरु भने दर्शक बिना बन्द रंगशालमा खेलिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment