
Photo Credit : फाइल तस्वीर
६ चैत, काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।
एक्कासि ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।
समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार, भट्टराईको अवस्था अहिले सामान्य छ । र, आजै डिस्चार्ज गर्ने तयारी छ ।
उनले भने, ‘रक्त सञ्चालनमा अवरोध पुगेको आशंकामा सबै परीक्षण गरियो । तर सबै सामान्य रहेको रिपोर्ट आएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4