Comments Add Comment
पर्यटन व्यवसायमा कोरोना प्रभाव :

सबै प्रदेशका व्यवसाय चौपट, श्रीअन्तुदेखि शुक्लाफाँटासम्म मन्दी

भेडेटार र सौराहाका होटलवाला भन्छन्– अब बैंकको किस्ता कसरी तिर्नु

६ चैत, काठमाडौं । कोरोनाको त्रासले काठमाडौं उपत्यका बाहिरको व्यापार–व्यवसायसमेत चौपट बन्न थालेको छ । खासगरी पर्यटकहरुको आवागमन हुने स्थानका होटलहरुमा आर्थिक संकट देखिन थालेको छ ।

इलामको कन्याम, धनकुटाको भेडेडार, चितवनको सौराहादेखि पोखरासम्म आइपुग्दा सबै होटल व्यवसायीहरुको एउटै चिन्ता देखिएको छ, अब बैंकको किस्ता कसरी तिर्नु ?

उपत्यका बाहिरको व्यवसायमा देखापरेको मन्दीसँगै कामदारहरुको रोजगारी कटौती हुने संकेतहरु पनि देखा परेका छन् ।

पहिलो शिकार काठमाडौंको पर्यटन

कोरोनाका कारण नेपालमा सीधै र सबैभन्दा बढी प्रभाव परेको मुख्य क्षेत्र हो, पर्यटन । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा बनाउन सुरु गरेको एक सातापछि नै चीनमा कोरोनाको संक्रमण तीब्र बनेको थियो ।

त्यसको पहिलो असर काठमाडौंको पर्यटनमा पर्‍याे। चीनसहित विश्वभर नै उत्पन्न त्रासका कारण नेपाल आउने तयारीमा रहेका पर्यटकहरुले बुकिङ रद्ध गरेका छन् । यसले गर्दा फेब्रुअरी र मार्चको पर्यटकी सिजनमा काठमाडौंका होटल खाली भए । होटल मात्रै खाली भएनन, ठमेलजस्तो पर्यटकीय गन्तब्य सुनसान बनेको छ ।

बसन्तपुर, भुत्तक्तपुर, पाटन, नगरकोट लगायतका काठमाडौंका पर्यटकीय चाप हुने क्षेत्रमा विदेशीको अनुहार देख्न पनि मुस्किल हुने अवस्था आएको छ । पर्यटक घटेपछि विभिन्न १६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न २२ गन्तब्यमा उडान रद्द गरेका छन् ।

झन सरकारको ५५ देशसँग आवातजावत बन्द गर्ने निर्णय लिएपछि अब काठमाडौंको पर्यटन शुन्यमा झर्ने अवस्थामा पुगेको छ । यो सिजनमा आउने चीन र युरोपका पर्यटक नेपाल आउनै नपाउने निश्चित भइसकेको छ ।

भ्रमण वर्ष २०२० को दोस्रो महिनामै पर्यटक आगमन खस्किएको छ । गत वर्ष (२०१९) को पहिलो दुई महिनामा १ लाख २ हजार ४२३ जना पर्यटक नेपाल आएकामा २०२० जनवरी र फेब्रुअरीमा यो यो संख्या १ लाख १ हजार ४०० मा झरेको सरकारी तथ्यांक छ ।

कोरोना प्रभावित मुलुक चीनबाट नेपाल आउने पर्यटक उल्लेख्य घटेका थिए । फेब्रअरी महिनामा महिनामा जम्मा तीन हजार २८५ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । यीमध्ये पनि अधिकांश कामदार, प्रशासनिक तथा कूटनीतिक कर्मचारी हुन् ।

पर्यटन व्यवसायी सुमन पाण्डे पर्यटनसम्बद्ध धेरैजसो व्यवसाय ठप्प रहेको बताउँछन् । काठमाडौंका प्रमुख पर्यटक स्थलहरु नै अहिले सुनसान बन्न पुगेका छन् ।

काठमाडौंमा विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटलहरुको व्यपार ९० प्रतिशतसम्म घटेको छ ।

होटेल संघ नेपाल (हान)का अनुसार अहिले ठूलो होटेलको अक्कुपेन्सी औसत १० प्रतिशतभन्दा पनि कममा झरेको छ । संघकी अध्यक्ष सिर्जना राणा होटेल नाफामा चल्न कम्तिमा पनि औसत ४० प्रतिशत कोठा भरिनुपर्छ ।

औसत ५० प्रतिशतभन्दा माथि अक्कुपेन्सी पुगेपछि राम्रो मुनाफा हुन्छ । तर, कोरोनाका कारण नेपालले लगाएको यात्रा प्रतिवन्ध र अन्य देशमा समेत हुने झन्झटले अहिले अक्कुपेन्सी झण्डै १० प्रतिशतमा झरेको हो ।

अध्यक्ष राणाका अनुसार अहिलेकै अवस्था रहेमा ठूला होटेलहरुले मासिक १ अर्ब ४० करोड रुपैयाँ घाटा बेहोर्छन् । नेपालमा अहिले होटेलहरुले वाषिर्क २५ लाख हाराहारी पर्यटक आउँदासमेत थेग्न सक्ने गरी क्षमता बढाएको दावी व्यवसायीको छ ।

कन्यामदेखि भेडेटारसम्म व्यवसाय सुख्खा

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएपछि प्रदेश १ का पर्यटकीय क्षेत्रहरु सुनसान बनेका छन् । प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य, धनकुटाको भेडेटार, इलामको कन्याम र सुनसरीको कोशीटप्पु सुनसान बनेका हुन् । कोरोना भाइरसको त्रासका कारण पूर्वका तीनवटै चर्चित स्थानमा सञ्चालित होमस्टे र होटलहरु खाली हुन थालेका छन् ।

भारत र चीन दुवै राष्ट्रसँग जोडिएका कारण सुदूरपश्चिम प्रदेश कोरानाको जोखिममा रहेको बताइन्छ । यही जोखिमका कारण कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रमा पर्यटक घटेका छन्

भेडेटारमा आन्तरिकसँगै भारतबाट पनि ठूलो संख्यामा पर्यटकहरु आउने गरेका थिए । तर, आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने भेडेटार एक सातायता सुनसान छ । ‘भेडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउँथे,’ होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन् ‘अहिले सुनसानजस्तै छ ।’

पछिल्लो एक सातायता होटलहरु सुनसान बनेको जानकारी दिँदै अध्यक्ष राईले भने, ‘यहाँका धेरै होटलहरु खाली छन्, भएका बुकिङ पनि रद्द भए’ उनले भने ‘बैंकको किस्ता तिर्न गाह्रो भैसक्यो ।’

कोरोनाका कारण होटल व्यावसायमा मन्दी छाए पनि व्यावसायीहरुलाई बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ । ‘यहाँ धेरै होटलहरु बैंकबाट ऋण लिएर खुलेका छन्,’ होटल एसोसिएशन भेडेटारका अध्यक्ष राई भन्छन् ‘ग्राहक छैनन्, बैंकको किस्ता कसरी तिर्नु ?’ विश्वव्यापीरुपमा भएको आपतकालमा व्यावसायीहरुका लागि राज्यले सहुलियत दिनुपर्ने उनको माग छ ।

प्रदेश १ को अर्को पर्यटकीय गन्तव्य कोशीटप्पुमा पनि पर्यटकको संख्या घटेको छ । यहाँ हात्ती सफारी र अर्ना हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउँथे । तर, पछिल्लो केही दिनयता पर्यटकहरु घटेका छन् ।

‘बिदाको समयमा ५ सयसम्म पर्यटक आउँथे,’ होटल व्यावसायी सुभास भुजेल भन्छन् ‘अहिले पर्यटकहरु छिटफुट मात्र देखिन्छन् ।’ आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि खुलेका होमस्टेहरु पनि खाली हुन थालेको भुजेलले बताए ।

चियाको राजधानी भनेर चिनिने इलामको हालत पनि उस्तै छ । इलामको कन्याममा पर्यटकको संख्या घटेको छ । श्रीअन्तुमा सूर्याेदय हेर्न आउनेहरुको संख्या ह्वातै घटेको होटल व्यावसायी हरी गुरुङले अनलाइनबरलाई जानकारी दिए । पर्यटक आउने सिजनमा कोरोनाको प्रभावले त्रसित बनाएको गुरुङ बताउँछन् ।
भारतले पूर्वी नेपालको पशुपतिनगरको नाकासमेत बन्द गरेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलो प्रभाव परेको छ । ‘इलाम हुँदै दार्जीलिङसम्म जाने पर्यटकको संख्या पहिले प्रशस्तै थियो’ होटल कन्याम हिल कटेजका सञ्चालक राज गिरी भन्छन् ‘पर्यटक नआएपछि कन्याममा आउने व्यापारीहरु पनि घटेका छन् ।’

सामान्य अवस्थामा कन्याममा यतिबेला पिकनिक खाने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुन्थ्यो । तर, पछिल्लो समय सुनसान छ । ‘कोरोनाको त्रासका कारण अन्य क्षेत्रमा पनि मन्दी छ ।’ गिरी भन्छन् ‘व्यापार नभएपछि आम्दानी हुँदैन, आम्दानी नभए घुम्ने कुरा पनि आउँदैन ।’

चौपट बन्यो सौराहाको पर्यटन : भूकम्पमा भन्दा ठूलो क्षति

देशकै तेस्रो पर्यटकीय केन्द्रका रुपमा रहेको चितवनको पर्यटन व्यवसायलाई कोरोनाको असरले थला पार्न थालेको व्यवसायीले बताएका छन् । मुख्य पर्यटक आउने सिजनमै कोरोनाको मार झेलेका व्यवसायीहरुलाई बैंकको ब्याज र सावाँ कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

चितवनका मुख्य पर्यटकीय गन्तव्यहरु सौराहा, पटिहानी र मेघौली यतिबेला सुनसान छन् । मुख्य पर्यटकीय केन्द्र सौराहामा भूकम्प, नाकाबन्दी र बाढीले भन्दा बढी क्षति पुर्‍याएको व्यवसायीले गुनासो गरेका छन् ।

यहाँका होटलहरुको अकुपेन्सी दर झण्डै १० प्रतिशतभन्दा तल झरेको छ । धेरैजसो होटलहरुले कामदार र कर्मचारीहरुलाई विदा दिन थालेका छन् ।

विगतका वर्ष यो सिजनमा एक हजारभन्दा बढी पर्यटक सौराहा आउने गरेका थिए । तर, अहिले दुई सयभन्दा कम पर्यटक आएका छन् । चीनमा कोरोनाको संक्रमण बढ्दा युरोपियन पर्यटकहरु आउने गरेका थिए । तर, युरोपमा समेत कोरोनाको संक्रमण बढ्दै गएपछि नेपालमा रहेका पर्यटक मात्रै आएको व्यवसायीहरु बताउँछन् ।

छिटफुटरुपमा आएका विदेशी पर्यटकले पनि स्वदेश फर्कन पाइएन भनेर गुनासो गर्न थालेको सौराहाको मुख्य हब गैंडाचोकका व्यवसायी पूर्ण रिजालले बताए । ‘दिनभर गैंडाचोकमा बस्छु, पर्यटक फाट्टफुट्ट मात्रै देख्छु, एकदमै सुनसान छ’ रिजालले भने ।

सौराहा आउने पर्यटकका लागि अहिलेको मौसम निकै राम्रो मानिन्छ । हिमाल आरोहणका लागि आउने पर्यटन जंगल सफारीका लागि यहाँ आउने गर्दछन् । चितवन घुम्न आउने करीव २ लाख पर्यटकमध्ये ८५ प्रतिशतको हाराहारीमा सौराहा पुग्छन् । सौराहाबाट दैनिक आठवटा बस काठमाडौँ र चारवटा बस पोखरा जान्छन् । अहिले ती बसमा न्यून पर्यटक छन् ।

अहिले पर्यटकहरुले धमाधम बुकिङ रद्द गरेका छन् । सौराहामा ११५ होटल छन् । यहाँका ११५ मध्ये ६५ वटा होटलले कर्मचारीहरुलाई बिदा दिएका छन् ।

जंगल वल्र्ड रिर्सोटका सञ्चालक टोकराज खतिवडाले सौराहाका होटल व्यवसायीको अवस्था दयनीय रहेको बताए । खतिवडाको ४४ वटा कोठा रहेको होटलमा कहिलेकाँही त एक कोठा पनि बुक हुँदैन । ९५ प्रतिशतभन्दा बढी होटल खाली छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले व्यवसायीहरुको चिन्ता पर्यटक आएनन् भन्नुभन्दा पनि बैंकको ब्याज र सावाँ कसरी बुझाउने भन्नेमा रहेको बताए । ‘कोरोनाको मार सबैभन्दा बढी पर्यटन क्षेत्रमा परेको छ, बैंकको ऋण लिएर लगानी गरेका व्यवसायीले बैंकको ब्याज र साँवा कसरी तिर्ने ?’ अध्यक्ष भट्टराईले भने ।

अहिलेको कोरोनोको प्रभाव र असर सेक्टेम्वरपछि पनि यस्तैं अवस्था रहे सौराहामा २५ भन्दा बढि होटल उठ्नै नसक्ने गरी बन्द हुने क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले बताए ।

सौराहाको जस्तै हालत छ, अर्को पर्यटकिय गन्तव्य पहिटानीको पनि । यहाँका होटलहरु सुनसान भएका छन् । पहिटानीमा २० भन्दा बढी होटलमा केही आन्तरिक पर्यटक छन् । होटलको अकुपेन्सी दर १० प्रतिशतभन्दा तल पुगेको होटल जंगल भिल्लाका सञ्चालक सविन पौडेलले बताए । सरकारले पर्यटन बर्षमा उल्लेख्य पर्यटक ल्याउने भनेकोले आफूहरुले होटलमा लगानी बढाएको तर, मार खाएको पौडेलको भनाइ छ ।

पहिटानीमा हालै बनेको अम्व्रेला स्टीट हेर्न आन्तरिक पर्यटक पुगे पनि उनीहरु होटलमा नै नबस्ने हुँदा यसले खास अर्थ नराखेको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले बताए ।

पटिहानी र सौराहाको जस्तै अवस्था छ अर्कोपर्यटकीय गन्तब्य मेघौलीको पनि । यहाँ अहिले होटलको अकुपेन्सी दर १० प्रतिशतभन्दा कम रहेको मेघौली सेराई होटलका म्यानेजर रोशन सापकोटा बताउँछन् । सापकोटाका अनुसार होटलमा विदा बाँकी रहेका कर्मचारीहरुलाई धमाधम बिदा दिइएको छ । पर्यटकको संख्या घटेपछि होटलहरुले ‘अफर फेयर’ समेत छाड्न थालेका छन् । एक रातको चालीस हजार लिइने कोठालाई २५ हजारमै दिने गरिएको सेराईका म्यानेजर सापकोटाले बताए ।

पर्यटक नभएको यो बेलामा होटलको मर्मत लगाएका कामहरु गर्न थालिएको सापकोटाको भनाइ छ । यस्तो अवस्था आउँछ भन्ने बारेमा आफूहरुले सोच्न नसकेको उनले बताए ।

पर्यटकजति बेलहिया नाकाबाटै फिर्ता !
विश्वभरमा वौद्ध पर्यटकहरु आउने प्रदेश ५ को लुम्बिनीमा कोरोनाको प्रभावले पर्यटकहरु घटेका छन्, जसले गर्दा यहाँको होटल व्यवसायमा आर्थिक संकट देखिएको छ । भारतबाट आवत–जावत गर्ने मानिसहरुको पनि चहल–पहल नियन्त्रित भएपछि यसको असर व्यवसायमा परेको छ ।

बेलहिया लगायतका नाकामा कडाइ गर्न मुख्यमन्त्री शंकर पोखरेलले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । बेलहिया नाकाबाट आउने भारतीय पर्यटकका सवारी साधनलाई प्रदेश ५ सरकारले रोक लगाएको छ ।

यही समयमा कालोबजारी गर्नेहरुले मौका छोपेको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा बताउँछन् । उनका अनुसार चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

‘कोरोनाका बारेमा वास्तविक सूचना दिन सरकार चुकेको छ, व्यवसायीहरु थप संकटमा छन्,’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले भने ।

उनले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्न नसकेका कारण पर्यटन क्षेत्र झन् धरापमा परेको बताए । हमालले भने, ‘सबै क्षेत्र तहस–नहस भएको छ, कुनै क्षेत्र अछुतो रहेन ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षिणी सीमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ थप सचेत हुनुपर्ने बताए । तर, सीमानाका बेलहियामा स्थापना गरिएको हेल्थ डेस्क प्रभावहीनजस्तै छ ।

सुदुरपश्चिममा पनि सुनसान हुन थाले पर्यटकीयस्थल

सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरु पनि कोरोनाको त्राससँगै सुनसान हुन थालेका छन् । पर्यटन सिजन सुरु भएका बेला कोरोना भाइरस (कोभिड–१९) को त्रासले पर्यटक आगमनमा कमी हुन थालेको हो ।

धार्मिक र संस्कृति पर्यटनको ठूलो सम्भावना रहेको सुदूरपश्चिम प्रदेशका सबैजसो क्षेत्रहरुमा अहिले चहल–पहल घटेको छ ।

‘चलह–पहल कम मात्रै भएको छैन । लगभग अन्त्यजस्तै भएको छ’ नेपाल टूर एण्ड ट्राभल एजेन्ट नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष माया प्रकाश भट्टले अनलाइनखबरसँग भने ।

भट्टले पर्यटन सिजन सुरु भएका बेला कोरोनाको त्रासले पर्यटन क्षेत्रमा सबै भन्दा बढी प्रभाव पारेको जानकारी दिए । ‘पर्यटन क्षेत्र समस्या परेको छ । आन्तरिक पर्यटक र बाह्य पर्यटकहरुको संख्या अत्यन्त कम छ’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा आउने भारतिय पर्यटक हुन् । ती त झन् आएकै छैनन् ।’

भारत र चीन दुबै राष्ट्रसँग जोडिएका कारण सुदूरपश्चिम प्रदेश कोरानाको जोखिममा रहेको बताइन्छ । यही जोखिमका कारण कैलाली कञ्चनपुरमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटक घटेका छन् ।

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्न थालेको छ ।

बेमौसममा ह्वात्तै पर्यटक बढे पनि सिजनमा पर्यटक आउने क्रम घटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।

‘अहिले त यहाँ आउनेको संख्या थोरै भएको छ’, सहायक संरक्षण अधिकृत रविन चौधरीले भने , ‘कोरोना त्रासको असर पर्यटनमा धेरै नै पर्ने देखिन्छ ।’

कञ्चनपुरकै, शिबलिंगा, भम्केनी धाम झिलमिला ताला, बेतकोट ताला दोधारा चाँदनी पुलमा पनि पर्यटको कमी आएको छ ।

कैलालीमा रहेका होमस्टे सहित विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल, चिसापानी पुल, टीकापुर पार्क, देवहरिया उद्यान, कोइलही ताल, जाखौर ताल, खानीडाँडा, ऐतिहासिक महत्वको प्राचीन गर्भा दरबार सुनसान छन् ।
‘पर्यटकको संख्या कम हुँदा होटल व्यसायीहरु निराश छन् । व्यापार संकटमा परेको छ ’ होटल व्यवसायमा सबै भन्दा बढि प्रभाव परेको छ होटल व्यसायी संघ कैलालीका अध्यक्ष कलम बमले भने ।

उनले पर्यटकिय क्षेत्रमा पर्यटक नहुँदा व्यवसायनै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो पोखे ।

‘पर्यटकको संख्या शून्यजस्तै छ । कुनै कार्यक्रम छैनन् । यहाँ आउने भारतीय पर्यटकहरु हुन् उनीहरु त्रसित छन्’ उनले भने,‘पर्यटक नहुँदा होटल व्यवसाय बन्दै गर्नुपर्ने अवस्था छ । दुई/चार दिनमै ठूलो लगानीको होटल बन्द हुन सक्छन् ।’

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेका खप्तड, रामाशोसन, अपि शैपाल लगायतका गन्तव्यहरूमा पर्यटकहरु छैनन् ।

डडेल्धुराका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेका उग्रतारा भगवती मन्दिर पनि सुनसान छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको अवस्था पनि त्यस्तै छ ।

डडेल्धुराकै ऐतिहासिक अमरगढी किल्ला र अजयमेरुकोटको अवस्था पनि त्यो भन्दा फरक छैन ।

डोटीको शैलेश्वरी मन्दिर, बैतडीको त्रिपुरा सुन्दरी, निग्लाशैनी र मेलोली, डडेल्धुराको उग्रातारा, बझाङको सुर्मादेवी र बाजुराको बडिमालिकालाई सात बहिनी भगवतीको रुपा मान्ने गरिएको छ ।

दार्चुलाको मालिका अर्जुन, बैतडीको पाताल भूमनेश्वरी, डडेल्धुराको परशुराम धाम, अछामको वैद्यनाथ धाम र कैलालीको गोदारी धामलाई पाँच शिव धाम मान्ने गरिएको छ । ती क्षेत्रमा पनि अहिले पर्यटक छैनन् ।

यो पनि पढ्नुहोस पशुपतिनाथमा कोरोनाको जोखिम, छिन्नमस्तामा एकैदिन २१४ पशुबलि यो पनि पढ्नुहोस कोरोनाको बहुआयामिक असर : बिरामी पर्‍यो नेपाली अर्थतन्त्र पनि यो पनि पढ्नुहोस आर्थिक वृद्धिको लक्ष्यमा कोरोना भाइरस बाधक यो पनि पढ्नुहोस ठूला विकास आयोजनालाई कोरोनाले पिरोल्यो यो पनि पढ्नुहोस अर्थतन्त्रमा कोरोना भाइरसको कहर यो पनि पढ्नुहोस पर्यटन क्षेत्रलाई जोगाउन अब यसो गरौं सरकार ! यो पनि पढ्नुहोस ‘ग्यास चामलको चिन्ता नगर्नोस्, जिम्मा मेरो हो !’ यो पनि पढ्नुहोस कोरोनाविरुद्ध लड्न कुन देशले ल्याए कस्तो आर्थिक प्याकेज ? यो पनि पढ्नुहोस नेपाली विकास आयोजनामा कोरोना भाइरसको धक्का ! यो पनि पढ्नुहोस हजार मेगावाट थप्ने लक्ष्य, तर ३०० पुर्‍याउन मुस्किल यो पनि पढ्नुहोस वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक यो पनि पढ्नुहोस कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता यो पनि पढ्नुहोस कोरोना कहर : अब गाउँ फर्कौं, कृषिलाई प्राथमिकता दिऔं यो पनि पढ्नुहोस ‘कोरोना भाइरस महामारी बनेमा बीमा कम्पनी डुब्न सक्छन्’ यो पनि पढ्नुहोस कोरोनाको प्रभावले नेपालसहित विश्वभरकै सेयर बजार ओरालो यो पनि पढ्नुहोस रेमिट्यान्समा कोरोनाको जोखिम : सरकारको कमजोर तयारी यो पनि पढ्नुहोस संकटको भूमरीमा न्यूरोडका व्यापारी यो पनि पढ्नुहोस नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्– फस्दैछौं यो पनि पढ्नुहोस कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी यो पनि पढ्नुहोस कोरोनाले सौराहाका होटलहरु संकटमा, कर्मचारीलाई धमाधम छुट्टी यो पनि पढ्नुहोस मानसरोबर खुल्ने–नखुल्ने अन्योल, हवाई र टुर व्यवसायी मारमा यो पनि पढ्नुहोस कोरोना प्रभावित देशको उडान किन रोकेन सरकारले ? यो पनि पढ्नुहोस एयरलाइन्सहरुले भने-यात्रु घटे, अब जहाज ग्राउन्डेड गर्छौं यो पनि पढ्नुहोस खर्च घटाउन उपाय खोज्दै होटल, कर्मचारीलाई दिन थालियो विदा यो पनि पढ्नुहोस भुइँचालो बिर्साउने सुनसान ठमेल ! यो पनि पढ्नुहोस कोरोनाको कहर : नेपालीका श्रम गन्तव्य नै संकटापन्न यो पनि पढ्नुहोस कोरोना भाइरसले विश्वको व्यापार, यात्रा र काममा कसरी ल्याउँदैछ परिवर्तन ? यो पनि पढ्नुहोस मास्कको माग बढ्यो, उद्योग बन्द हुन थाले यो पनि पढ्नुहोस कोरोनाको कहर : उद्योगीले सहुलियत माग्दा वित्तीय क्षेत्रमा तनाव यो पनि पढ्नुहोस बसपार्कमा हेल्थडेस्क छैन, गाडीभित्र खोक्दा पनि डर ! यो पनि पढ्नुहोस यात्रु बढ्दा पनि किन छटपटाउँदैछन् आन्तरिक वायुसेवा कम्पनी ? यो पनि पढ्नुहोस मजदुर–मालिक सम्बन्धमा पनि कोरोनाको प्रभाव ! यो पनि पढ्नुहोस रोजगार र रेमिट्यान्समा संकट, कार्ययोजनाविहीन सरकार यो पनि पढ्नुहोस ग्यास पाइएन ? कुलमान भन्छन्- इन्डक्सन चुल्हो बाल्नुस् यो पनि पढ्नुहोस १५ वर्षदेखि बढेन पेट्रोलियम भण्डारण, उपभोक्तालाई सधै‌ंको सास्ती यो पनि पढ्नुहोस सार्वजनिक सवारी सरुवा रोगको ‘हटस्पट’ यो पनि पढ्नुहोस कोरोनाको बहुआयामिक असर : बिरामी पर्‍यो नेपाली अर्थतन्त्र पनि यो पनि पढ्नुहोस आर्थिक वृद्धिको लक्ष्यमा कोरोना भाइरस बाधक यो पनि पढ्नुहोस ठूला विकास आयोजनालाई कोरोनाले पिरोल्यो यो पनि पढ्नुहोस अर्थतन्त्रमा कोरोना भाइरसको कहर यो पनि पढ्नुहोस पर्यटन क्षेत्रलाई जोगाउन अब यसो गरौं सरकार ! यो पनि पढ्नुहोस ‘ग्यास चामलको चिन्ता नगर्नोस्, जिम्मा मेरो हो !’ यो पनि पढ्नुहोस कोरोनाविरुद्ध लड्न कुन देशले ल्याए कस्तो आर्थिक प्याकेज ? यो पनि पढ्नुहोस नेपाली विकास आयोजनामा कोरोना भाइरसको धक्का ! यो पनि पढ्नुहोस हजार मेगावाट थप्ने लक्ष्य, तर ३०० पुर्‍याउन मुस्किल यो पनि पढ्नुहोस वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक यो पनि पढ्नुहोस कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता यो पनि पढ्नुहोस कोरोना कहर : अब गाउँ फर्कौं, कृषिलाई प्राथमिकता दिऔं यो पनि पढ्नुहोस ‘कोरोना भाइरस महामारी बनेमा बीमा कम्पनी डुब्न सक्छन्’ यो पनि पढ्नुहोस कोरोनाको प्रभावले नेपालसहित विश्वभरकै सेयर बजार ओरालो यो पनि पढ्नुहोस रेमिट्यान्समा कोरोनाको जोखिम : सरकारको कमजोर तयारी यो पनि पढ्नुहोस संकटको भूमरीमा न्यूरोडका व्यापारी यो पनि पढ्नुहोस नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्– फस्दैछौं यो पनि पढ्नुहोस कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी यो पनि पढ्नुहोस कोरोनाले सौराहाका होटलहरु संकटमा, कर्मचारीलाई धमाधम छुट्टी यो पनि पढ्नुहोस मानसरोबर खुल्ने–नखुल्ने अन्योल, हवाई र टुर व्यवसायी मारमा यो पनि पढ्नुहोस कोरोना प्रभावित देशको उडान किन रोकेन सरकारले ? यो पनि पढ्नुहोस एयरलाइन्सहरुले भने-यात्रु घटे, अब जहाज ग्राउन्डेड गर्छौं यो पनि पढ्नुहोस खर्च घटाउन उपाय खोज्दै होटल, कर्मचारीलाई दिन थालियो विदा यो पनि पढ्नुहोस भुइँचालो बिर्साउने सुनसान ठमेल ! यो पनि पढ्नुहोस कोरोनाको कहर : नेपालीका श्रम गन्तव्य नै संकटापन्न यो पनि पढ्नुहोस कोरोना भाइरसले विश्वको व्यापार, यात्रा र काममा कसरी ल्याउँदैछ परिवर्तन ? यो पनि पढ्नुहोस मास्कको माग बढ्यो, उद्योग बन्द हुन थाले यो पनि पढ्नुहोस कोरोनाको कहर : उद्योगीले सहुलियत माग्दा वित्तीय क्षेत्रमा तनाव यो पनि पढ्नुहोस बसपार्कमा हेल्थडेस्क छैन, गाडीभित्र खोक्दा पनि डर ! यो पनि पढ्नुहोस यात्रु बढ्दा पनि किन छटपटाउँदैछन् आन्तरिक वायुसेवा कम्पनी ? यो पनि पढ्नुहोस मजदुर–मालिक सम्बन्धमा पनि कोरोनाको प्रभाव ! यो पनि पढ्नुहोस रोजगार र रेमिट्यान्समा संकट, कार्ययोजनाविहीन सरकार यो पनि पढ्नुहोस ग्यास पाइएन ? कुलमान भन्छन्- इन्डक्सन चुल्हो बाल्नुस् यो पनि पढ्नुहोस १५ वर्षदेखि बढेन पेट्रोलियम भण्डारण, उपभोक्तालाई सधै‌ंको सास्ती यो पनि पढ्नुहोस सार्वजनिक सवारी सरुवा रोगको ‘हटस्पट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment