Comments Add Comment

कोरोना भाइरसबाट पाकिस्तानमा दुईको मृत्यु, ३०० भन्दा बढीमा संक्रमण

काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट २ जनाको ज्यान गएको छ । पाकिस्तानको उत्तरपश्चिमी खिबेर पखटुंख्वा प्रान्तको पेशावरमा र मार्डन जिल्लामा १/१ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमध्ये एक भर्खरै साउदी अरेबियाको भ्रमणबाट फर्केका थिए । अहिले उनको परिवारमा पनि यो भाइरसको परीक्षण गरिएको छ । पेशावरमा ज्यान गुमाउने नागरिक भने दुबईको भ्रमणबाट फर्किएको बताइएको छ ।

बुधबार पाकिस्तानमा नयाँ संक्रमितको संख्या पनि ६० पुगेको थियो । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ३०७ पुगेको छ । सिन्ध प्रान्तमा मात्र २०८ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

नयाँ संक्रमितमध्ये धेरैजसो मानिस इरानको भ्रमणबाट फर्केका मानिसहरू छन् । मंगलबार प्रधानमन्त्री इमरान खानले मानिसहरू आफैं जिम्मेवार नहुने हो भने यसले मुलुकभर महामारीको रूप लिन सक्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment