Comments Add Comment

कोरोनाको संक्रमण देखिए कैदीबन्दीलाई के गर्ने ?

६ चैत, काठमाडौं । कोरोना भाइरस सकेसम्म नेपाल भित्रिनै नदिने रणनीतिका साथ सरकारले ५५ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ भने सीमा नाकाहरुमा पनि कडाइ गरेको छ । साथसाथै कोरोनाको संक्रमण देखिहाल्यो भने फैलिनु अगाडि नै नियन्त्रणमा लिन पूर्वतयारी तीव्र बनाएको छ ।

सरकारी अधिकारीहरुका अनुसार कोरोनाको संक्रमण देखिहाल्यो जेल र बाल सुधार गृह पनि धेरै जोखिमपूर्ण क्षेत्रमा पर्छ । किनकी कारागारहरुमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् भने पूर्वाधार लगायतका व्यवस्था पनि कमजोर छ ।

त्यसैले जेल र बालसुधार गृहमा के गर्ने भन्नेबारे छलफल गर्न बिहीबार बैठक बोलाइएको छ । अपरान्ह ४ बजे महान्यायाधिवक्ताको कार्यालयमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, कारागार व्यवस्थापन विभागका अधिकारीहरुलाई बोलाइएको छ ।

बैठकमा अधिकतम सजाय भोगिसकेका, वृद्ध अवस्थामा रहेका र कम सजाय तोकिएका कैदीबन्दीलाई छाड्ने विकल्पबारे छलफल हुने स्रोतले बताएको छ । ‘इरानलगायतका देशले कैदीबन्दी छाडेको छ । त्यसैले हामी कहाँ त्यसो गर्न सम्भव छ छैन भनेर छलफल गर्न खोजिएको हो’ एक अधिकारीले भने ।

बालसुधार गृहमा रहेका बालबालिकालाई भने उनीहरुकै अभिभावकको जिम्मा लगाउने विकल्पमा छलफल भइरहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ ।

सरकारी तथ्यांकअनुसार हाल देशभरका ७१ कारागारमा २४ हजार ६८० स्वदेशी तथा विदेशी कैदीबन्दी छन् । यस्तै ८ वटा बालसुधार गृहमा १२०० बालबालिका छन् ।

यो पनि पढ्नुहोस कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment