Comments Add Comment

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

७ चैत्र, काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । शुक्रब्ाार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।

संघको बैठकले बैंकिङ क्षेत्रलाई भाइरस जोखिम न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत, डेपुटी सिईओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु छुट्टाछुट्टै भवनमा बसेर काम गर्न पनि सुझाब दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment