+
+

कालोबजारी गर्ने दुई पक्राउ   

रासस रासस
२०७६ चैत ८ गते १४:२४

चैत, मेलम्ची । सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

चौतारा साँगाचोकगढी नपा वडा नं ५ पुरानो बजारबाट बा२ख ३८०६ नंको मिनीट्रकमा मट्टीतेल र पेट्रोल बरामद गरिएको हो । मिनीट्रकमा २५० लिटर जाने पाँच र ५० लिटर जाने प्लाष्टिकका दुई ड्रम फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लले जानकारी दिए ।

प्रहरीले दुलाल र चालक श्रेष्ठको साथबाट करुणा आयल स्टोर काभ्रे बनेपाबाट २४३ लिटर मट्टीतेल दि मोडर्न एमनिटी सप्लायर्स बनेपाबाट एक हजार १०० लिटर पेट्रोल खरिद गरेको साधारण बिलसमेत फेला परेको छ ।

उल्लेखित पेट्रोलियम पदार्थ, बिल र सवारी साधन रीतपूर्वक बरामद गरी किराना पसल सञ्चालन गर्ने दुलाल र सवारी चालक श्रेष्ठलाई समेत नियन्त्रणमा लिई अनुसन्धानकार्य भइरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?