Comments Add Comment

बैंकहरु खुलै रहने, डिजिटल कारोबार गर्न आग्रह

९ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा नियमित गर्ने गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् ।

अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले बैंकका सबै कार्यालयहरु खुलै रहेपनि सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गरे ।

‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनीहरुको संयुक्त बैंठक बसी जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने बनाएका छन् । साथै डिजिटल कारोबार गर्दा पनि रकम नलाग्ने बनाएका छन् ।

अब इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन । यसकारण पनि बैंकको शाखामा पुगेर भन्दा घरमै बसेर कारोबार गर्न संघको आग्रह छ । यद्यपि, शाखामै पुगेर कारोबार गर्नेहरुका लागि आवश्यक सुरक्षा सावधानी भने अपनाइएको अध्यक्ष दाहालले बताए ।

बैंकका हरेक शाखा कार्यालयहरुमा सावधानीका लागि हृयाण्ड स्यानिटाइजर तथा मास्क  राख्न अनुरोध गरिएको अध्यक्ष दाहालले बताए ।

‘हामीले सकेसम्म सतर्क रहने प्रयास गरेका छौं, बैंकका शाखाहरुमा स्यानिटाइजर राखिएको हुनुपर्छ’ उनले भने, ‘कोरोना भाइरसको जोखिमका विषयमा हामी सचेत छौं ।’ तर स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने वस्तुहरुको अभाव भएका समस्या रहेको उनले बताए ।

स्यानिटाइजरको अभाव हुँदा कुनैकुनै बैंकका शाखाहरुले काउन्टरमा राख्न नपाएको उनको गुनासो छ ।

अध्यक्ष दाहालले बैंकका शाखा तथा काउन्टरहरुमा अब भिडभाड कम हुने समेत दावी गरे । शुक्रबार जुनसुकै बैंकको एटिएमबाट पनि रकम निकाल्दा पैसा निकाल्न पैसा नपर्ने, एक बैंकको ग्राहकले अर्को बैंकबाट सुविधा लिन सक्ने लगायतको व्यवस्था गरेका कारण एउटै बैंकमा भिडभाड नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment