+
+

भारत अब ‘लक डाउन’, रेल र बस सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १५:५८

९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतले ‘लक डाउन’ गरेको छ ।

यसअघि अन्तर्राष्ट्रिय उडान रोकेको भारतले अब बस र रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुनेछ ।

भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् ।

कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् ।

भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?