+
+

आँबुखैरेनीमा बस दुर्घटना, तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १९:४०

९ चैत, गोरखा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा नजिक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खस्दा उनीहरुको मृत्यु भएको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

उनका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भने भएको छैन । उद्धार कार्य जारी छ । १२ जना घाइतेको उद्धार भएको उनले बताए । बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएको र घटनाको थप विवरण आउन बाँकी छ ।

दुर्घटनामा परेको बस नदीमा नै रहेको, कतिपय घाइते बसले च्यापिएको र कोही ढुंगाले च्यापिएकाले घाइते संख्या यकिन गर्न नसकिएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाउने तयारी भइरहेको गौलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?