Comments Add Comment

बिमा कम्पनी पनि बन्द, प्रिमियम तिर्न नसके ब्याज नलाग्ने

अत्यावश्यक भए विद्युतीय माध्यम प्रयोग गर्न आग्रह

११ चैत, काठमाडौं । सरकारले मंगलबारदेखि देशै लक डाउन गरेपछि अत्यावश्यक क्षेत्रको सूचीमा रहेको बिमा कम्पनी पनि बन्द भएका छन् । सबै क्षेत्र लकडाउन गरेपछि मंगलबारदेखि बिमा कम्पनीहरुले सबै आफ्ना कार्यालयहरु बन्द गरेका हुन् ।

कोरोनाको प्रभाव रहेसम्म बिमा वापतको प्रिमियम शुल्क तिर्न नसकेको अवस्थामा ब्याज भने नलाग्ने भएको छ । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले निर्देशन जारी गर्दै ब्याज छुट दिन भनेको हो ।

सहज अवस्था भइसके पश्चात १५ दिनभित्रमा शुल्क तिर्न जानेहरुसँग ब्याज नलिन समितका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुलाई परिपत्र गरेका छन् ।

यद्यपि, बिमा कम्पनीहरुले भने अत्यावश्यक परेको अवस्थामा विद्युतीय माध्यमबाट बिमा शुल्क तिर्न सकिने बताएको छन् । मंगलबार महालक्ष्मी लाइफ इन्स्योरेन्सले सार्वजनिक सूचना जारी गर्दै शुल्क तिर्नै पर्ने भए विद्युतीय माध्यमबाट तिर्न आग्रह गरेको छ ।

कम्पनीले केही समस्या परे डेपुटी सीईओ रामेश्वर श्रेष्ठ (९८५१००१८१५), कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला (९८५६०१६५५९) लाई सम्पर्क गर्न भनेको छ । प्रभु लाइफ इन्स्यारेन्सले पनि बिमा सेवाका लागि समिर तामाङ (९८५१०२५५६८) वा बिनिता श्रेष्ठ (९८४११०५८५४) लाई सम्पर्क गर्न भनेको छ ।

बिमा दाबी गर्नु परेको अवस्थामा भने बत्सल ढकाल (९८५११९३१२३)लाई सम्पर्क गर्न प्रभु लाइफ इन्स्यारेन्सले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment