+
+
Shares

चालु आर्थिक वर्षको ९ महिनामा एनसेलले बुझायो १४ अर्ब ५९ करोड राजस्व

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा कर तथा शुल्कमार्फत राज्यलाई १४ अर्ब ५९ करोड रुपैयाँ योगदान गरेको छ ।
  • यस अवधिमा दूरसञ्चार सेवा शुल्क शीर्षकमा सबैभन्दा बढी २ अर्ब १२ करोड रुपैयाँ राजस्व दाखिला गरिएको कम्पनीले जनाएको छ ।
  • कम्पनीले फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड र मूल्य अभिवृद्धि करबापत १ अर्ब ७४ करोड रुपैयाँ बुझाएको छ ।

१ असार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विभिन्न कर, शुल्क तथा रोयल्टीबापत राज्यलाई कुल १४ अर्ब ५९ करोड रुपैयाँ योगदान गरेको छ ।

कम्पनीका अनुसार उक्त अवधिमा सबैभन्दा बढी दूरसञ्चार सेवा शुल्क (टेलिकम्युनिकेसन सर्भिस चार्ज–टीएससी) शीर्षकमा २ अर्ब १२ करोड रुपैयाँ तिरिएको छ।

त्यसैगरी एनसेलले मूल्य अभिवृद्धि कर (भ्याट) बापत १ अर्ब ७४ करोड रुपैयाँ, फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड रुपैयाँ तथा रोयल्टीबापत १ अर्ब २९ करोड रुपैयाँ योगदान गरेको छ ।

एनसेलले अग्रिम करबापत १ अर्ब २५ करोड रुपैयाँ, भन्सार महसुलबापत १ अर्ब ८ लाख रुपैयाँ तथा स्रोतमा कर कट्टी (टीडीएस) शीर्षकमा ८९ करोड ५४ लाख ७० हजार रुपैयाँ राजश्व तिरेको छ ।

यस्तै, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा ६४ करोड ९६ लाख ६० हजार रुपैयाँ, स्वामित्व करबापत ३४ करोड ९८ लाख रुपैयाँ तथा इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाइसेन्स शुल्कबापत २ लाख ७० हजार रुपैयाँ एनसेलले राजस्व भुक्तानी गरेको छ ।

यी कर तथा शुल्कमार्फत कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?