Comments Add Comment

शरीरमा रोग प्रतिरक्षा क्षमता बढाउन उपयोगी खानाहरु

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसलाई रोक्नको लागि सबैभन्दा पहिलो त संक्रमित व्यक्तिहरुको नजिक नै नजानको लागि चिकित्सकहरु सुझाव दिन्छन् । त्यसपछि लागिसकेको खण्डमा समेत रोग प्रतिरोधात्मक क्षमता धेरै भएका मानिसहरु यसबाट बच्न सक्ने कोरोना सम्बन्धी अनुसन्धानमा लागिरहेका चिकित्सकहरु बताउँछन् ।

तर, शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि के गर्ने ? खानपानको माध्यमबाट कसरी बढाउन सकिन्छ रोग प्रतिरोधात्मक क्षमता वा कस्तो खानेकुराले बढाउने गर्छ हामीहरुको रोग प्रतिरोधात्मक क्षमता ?

शरीरमा रोग प्रतिरोध क्षमता बढाउने फलहरु

चिसोका कारण खोकी लागेको समयमा धेरै व्यक्तिहरुलाई भिटामिन सीको आवश्यकता पर्दछ । भिटामिन सीले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बृद्धि गर्न सहयोग गर्छ । भिटामिन सी सेता रक्त कोशिकाको उत्पादन बढाउनमा सहायक सिद्ध हुन्छ । यी रक्तकोषहरु संक्रमणहरूसँग लड्नको लागि महत्वपूर्ण हुन्छन् ।

यस्ता फलहरू अन्तर्गत्

अंगुर

सुन्तला

कागती

ज्यामिर

सुन्तला आदि ।

माथि उल्लेख गरिएका सबै किसिमका फलफुलहरुमा भिटामिन सी उच्च मात्रामा पाउने गरिन्छ । यी फलहरुमा पाइने भिटामिनले शरीरको रोग प्रतिरोध क्षमतालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

रातो डल्ले खुर्सानी

माथि उल्लेख गरिएको फलहरुले भन्दा धेरै भिटामिनहरु रातो डल्ले खुर्सानीले दिने गर्छन् । चिकित्सकहरुका अनुसार रातो डल्ले खुर्सानीले माथि उल्लेख गरिएको फलफुलहरुले भन्दा पनि दुई गुणासम्म धेरै भिटामिन सी प्रदान गर्नेगर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने गर्छ ।

ब्रोकाउली

ब्रोकोली भिटामिन र खनिजको साथ एकदमै स्वास्थ्यबद्र्धक खानेकुरा खान सकिन्छ । भिटामिन ए, सी, र ई का साथै धेरै एन्टिआक्सिडेन्टहरूको मात्रा समेत यसमा पाइन्छ । फाइबरले भरिएको ब्रोकोली हामीले खाने तरकारीहरुमध्ये सबैभन्दा धेरै स्वस्थ्यकर खाना समेत हुनसक्छ । यसले शरीरको शक्तिलाई अक्षुण्ण राख्नको लागि मुख्य भूमिका खेल्ने गर्छ । यो जतिसक्दो थोरै पकाउनु नै राम्रो मानिन्छ ।

लसुन

लसुन संसारमा लगभग सबैतिर पाइने एक किसिमको खाना हो । यसले शरीरमा स्फूर्ति थप्ने गर्छ । प्राचीन मान्यता अनुसार समेत यसले हाम्रो शरीरमा रहेको इन्फेक्सन विरुद्ध लड्नको लागि लसुन प्रभावकारी मान्ने गरिन्छ । अमेरिकाको नेशनल सेन्टर फर कम्प्लिमेन्ट्री एण्ड इन्टिग्रेटिभ हेल्थका अनुसार लसुनले रक्तचाप कम गर्न र धमनीहरूलाई कडा बनाउने काम गर्ने गर्छ । लसुनले प्रतिरक्षा प्रणालीमा बढावा दिने गुणयुक्त सल्फर भएका यौगिकहरू, जस्तै एलिसिन आदि प्रदान गर्नेगर्छ ।

अदुवा

अदुवा पनि मानिसको शरीरमा निम्तिने स्वास्थ्य समस्या कम गर्ने अर्काे फलफुल हो । अदुवाले घाँटीको दुखाई र अन्य भड्किलो स्वास्थ्य समस्यालाई कम गर्न मद्दत गर्छ । अदुवाले जीवाणु कम गर्न पनि मद्दत गर्छ ।

पालक

पालकले पनि भिटामिन सी प्राप्त गर्नको लागि अति उपयोगी तरकारी हो । यसमा धेरै एन्टिआक्सिडेन्टहरू र बिटा क्यारोटीनले भरिएको हुन्छ । जसले हाम्रो प्रतिरक्षा प्रणालीको क्षमतालाई बढाउन सक्छ । ब्रोकाउली र यसलाई सकेसम्म थोरै पकाइन्छ । ताकि यसमा रहेका पोषक तत्वहरुमा कमी नआओस् ।

बदाम

जतिबेला शरीरलाई रुघाखोकीको समस्या आउँछ । त्यतिबेला रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि बदाम उपयोगी हुने गर्छ । भिटामिन ई एक स्वस्थ प्रतिरक्षा प्रणालीको लागि महत्वपूर्ण हुन्छ यो एक किसिमको घुलनशील भिटामिन हो । बदाम जस्ता नटहरू भिटामिनले भरिएका हुन्छन् जसका कारण यसले प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ ।

बेसार

बेसार पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने एउटा महत्वपूर्ण खानेकुरा हो । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रचुर मात्रामा पाइन्छन् ।

बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले समेत प्रमाणित गरिसकेको कुरा हो । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ भन्ने मान्यता छ । त्यस्तै, महसँग मिसाएर खाएमा घाँटीको समस्या समाधान हुन्छ ।

एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment