+
+

प्रहरीले भन्यो – कर्फ्यूमा जस्तो बल प्रयोग गर्नु नपरोस्

लकडाउन उल्लंघन गर्ने ६८ जना पक्राउ, १५ सय सवारी साधन नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते २०:१७

११ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयमा सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैं सचेत हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नागरिकको हितमा सरकारले निर्णय गरेकाले सबैले आफैं निर्देशन पालना गर्नु नै हितकर हुने बताए । ‘यो स्वअनुशासनको विषय पनि हो, त्यसैले यसमा कर्फ्यूजस्तो बल प्रयोग गर्नु नपरोस् भन्ने हाम्रो चाहना हो’, उनले भने ।

लकडाउनको पहिलो दिन मंगलबार नागरिकस्तरबाट सरकारी निर्णयको पालना भएको भएको पनि उनले जनाए । ‘मेरो बुझाइमा सरकारले जारी गरेको सूचनाको ९९ प्रतिशत पालना भएको छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) क्षेत्रीले अनलाइनखबरसँग भने, ‘यसका लागि नेपाल प्रहरी सर्वसाधारणप्रति कृतज्ञ छ ।’

लकडाउनको निर्णय पहिलोपटक भएकाले यदाकदा उत्सुकता र जानकारी नदिएकाले केही अवज्ञाको प्रयास भएको उनले बताए । थापाले भने, ‘त्यस्ता ६८ जना व्यक्तिलाई नियन्त्रणमा लिएका छौं यद्यपि, सम्झाइबुझाइ गरेर छाडिसकेका छौं ।’

१५ सय सवारीसधान नियन्त्रणमा

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउन उलंघन गरेको आरोपमा कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ४, सुनसरीबाट ४, पर्साबाट ३, सिरहाबाट २, कञ्चनपुर २ र धनुषाबाट १ गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गरी सञ्चालन गरिएका १ हजार ५७१ सवारी साधन पनि नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?