११ चैत, काठमाडौं । काठमाडौंका एक घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गरेका छन् । काठमाडौं धापासी घर भएका मिनकुमार गुरुङ र नैनाकुमारी गुरुङले एक महिनाको भाडा नलिने बताएका हुन् ।
हाल उनीहरु दुबै यूकेमा छन् । स्थानीय प्रतिनिधिमार्फत उनीहरुले भाडा उठाउँदै आएका थिए । टेलिफोन गरेर एक महिनाको भाडा नलिने बताएको घरमा बस्दै आएका आरएल श्रेष्ठले जानकारी दिए ।
‘हामीले हरेक महिना उहाँहरुको बैंक खातामा जम्मा गर्ने गरेका थियौं, उहाँले फोन गरेर एक महिनाको हामी लिदैनौं, जम्मा नगर्नुस् भन्नुभयो’ श्रेष्ठले भने ।
गुरुङ परिवारको साढे २ तला घरमा ५ परिवार बस्दै आएका छन् । घरमा ३ वटा व्यवसायिक सटरहरु पनि रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4