Comments Add Comment

विदेशबाट आयात हुने सामानमा अनिवार्य ‘डिसइन्फेक्सन स्प्रे’ गर्नुपर्ने

१२ चैत, काठमाडौं । सरकारले विदेशबाट आयात हुने सबै वस्तुलाई संक्रमण नियन्त्रक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केर मात्रै स्वदेश भित्र्याउने भएको छ ।  मानिससँगै आयात भएका माल वस्तु र सवारीसाधनमार्फत भित्रिन सक्ने कोरोना संक्रमण रोक्न यस्तो व्यवस्था गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले अनलाइनखबरलाई बताए ।

‘सबै भन्सार कार्यालयहरुलाई तत्कालका लागि आफ्नै स्रोतबाट डिसइन्फेक्सन स्प्रे गर्न निर्देशन जारी गरिएको छ,’ महानिर्देशक दाहालले भने ।

देशभरका ३६ वटै भन्सार यार्ड, त्यहाँ भित्रिने सामान, सवारी साधन, सवारी चालक तथा कार्यालय परिसरमा डिसइन्फेक्सन स्प्रे प्रयोग गर्न निर्देशन गरिएको उनले बताए ।
वीरगञ्ज, मेची, भैरहवा, रसुवा, विराटनगर, जस्ता मूख्य भन्सारमा बिहीबारबाटै डिसइन्फेक्सन स्प्रे प्रयोग सुरु हुने विभागले जनाएको छ ।

भन्सार सेवा अतिआवश्यक सेवा भएको र जस्तोसुकै अवस्थामा पनि सेवा जारी राख्न संक्रमणमुक्त हुनु जरुरी भएकाले यस्तो व्यवस्था गरिएको दाहालले बताए ।

विभागले देशैभरका सबै भन्सारमा आफ्नै केमीस्टले कम्पोजिसन गरेको औषधिमार्फत डिसइन्फेक्सन स्प्रे गर्नेछ । स्प्रेमा प्रयोग हुनै औषधिको मात्रा खाद्य वस्तु र अखाद्य वस्तुमा फरक-फरक रहने विभागले जनाएको छ ।

भन्सार कर्मचारी कार्यालयमा उपस्थित रहेपनि कोरोना त्रासकै कारण एजेन्ट तथा सेवाग्राहीको उपस्थिति कम हुँदा भन्सार सेवा प्रभावित भएको गुनासो भन्सार कार्यालयहरुले गरेका थिए । विभागले भन्सार कार्यालयहरुमा डिसइन्फेक्सन स्प्रेका लागि विभागलाई थप सहयोगको खाँचो भएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment