Comments Add Comment

प्रदेश १ को कोषमा प्रदेश सांसदको आधा महिनाको तलब

१२ चैत, विराटनगर । प्रदेश १ का सांसदहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा आधा महिनाको तलब प्रदान गर्ने भएका छन् ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका रोकथाम कोषमा नेकपाका ६७ र प्रतिपक्षी दलका २१ सांसदले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आधा महिनाको तबल प्रदान गर्ने भएका हुन ।

यसअघि उक्त कोषमा प्रदेश प्रमुख सोमनाथ अधिकारी, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले पनि एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका छन ।

त्यसैगरी समाजवादी दल संसदीय दलका नेता जयराम यादवले पनि एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकल प्रदेश कोरोना जनसुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

कोषमा प्रदेश सरकारले १० करोड रकम जम्मा गरेको छ । कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment