
१३ चैत, काठमाडौं । दक्षिण एसियामा कोरोना (कोभिड १९) भाइरसबाट २७ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाली देश मध्ये भारतमा सबैभन्दा धेरै १२ जनाको ज्यान गएको हो ।
त्यस्तै, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ ।
बिहीबार विहानसम्म दक्षिण एसियामा संक्रमितको संख्या करिब हजार पुगेको छ । सबैभन्दा बढी पाकिस्तानमा १ हजार ६३ संक्रमित छन् । उनीहरू मध्ये २१ जना निको भइसकेका छन् । पाँच जना भने गम्भिर विरामी छन् ।
भारतमा ६६४, श्रीलंकामा १०२, अफगानिस्तानमा ८४ र बंगलादेशमा ३९ जनामा यो भाइरस भेटिएको छ । माल्दिभ्समा १३, नेपालमा ३ र भुटानमा पनि २ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4