+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपालीलाई स्वदेश फर्किन नदिनु अन्तर्राष्ट्रिय कानूनविपरीत : प्रा. सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १८:११

२० चैत, लण्डन । बेलायत स्थित एक अन्तर्राष्ट्रिय कानूनविद्ले नेपाल भारत सीमामा आइपुगेका सयौं नेपालीहरुलाई स्वदेश फर्किन नदिनु अन्तर्राष्ट्रिय कानुन विपरित रहेको बताएका छन् ।

उनीहरुले नेपाल सरकारले ती नागरिकहरुलाई स्वदेश फिर्ता हुन दिनुपर्ने भन्दै सरकारले औपचारिक निर्णय नै गरेर नागरिकलाई देश छिर्न नदिनु अन्तर्राष्ट्रिय कानुन विपरित रहेको बताएका हुन् ।

ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपाल सरकारले आफ्ना नागरिकहरुलाई नेपाल-भारत सीमामा रोक्न नमिल्ने बताए। ‘यो नेपालको संविधानमा उल्लेखित नागरिकको हकको भावना र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानवीय कानून तथा मानवीय कानुन सम्बन्धी सन्धिहरुका अनुसार गैर-कानुनी हुन्छ,” प्राध्यापक सुवेदीले भने  । “सन्धि कानुन र अन्तर्राष्ट्रिय कानुन अनुसार पनि आफ्नो मुलुक फर्कन पाउने नेपाली नागरिकहरुको हक नेपाल सरकारले सुनिश्चित गर्नैपर्छ ।’

प्रा. सूर्य सुवेदी

प्रा. सुवेदीले कोरोना संकटका कारण एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय आपतकालीन अवस्था उत्पन्न भएको र यस्तो बेला नेपाल तथा भारत दुबै मुलुकले राम्रो संयोजनका लागि तत्काल एउटा संयन्त्र बनाउनुपर्ने बताए।

“राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन अनुसार केन्द्रीय सरकार, स्थानीय तह तथा  प्रादेशिक सरकारहरुको जिम्मेवारी उही हो । सबै तहका सरकारले यस्तो विषयमा समन्वय गर्नका लागि तत्काल एउटा कार्यविधि बनाउन समझदारीमा पुग्नुपर्छ,” उनले भने।

यसैबीच एउटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपाल सरकारले आफ्ना नागरिकको स्वदेश फर्कन पाउने हक हनन् गर्न नमिल्ने बताएको छ ।

न्यूयोर्कमा मुख्यालय रहेको उक्त संस्थाले नेपाली अधिकारीहरूले पर्याप्त क्वारेन्टाइनको व्यवस्थापन नहुँदा आफ्ना नागरिकलाई स्वदेश फर्काउन खासै पहल नगरेको आरोप लगाएको छ।

नागरिकको आवश्यकतालाई सम्बोधन नगरी घर फर्कनबाट प्रतिबन्ध लगाइनु आधारभूत मानवअधिकारको उल्लंघन भएको ह्युमन राइट्स वाचले जनाएको छ। उसले नेपाल सरकारलाई आफ्ना नागरिकलाई तत्कालै घर फर्कन दिन र विदेशमा रहेका आफ्ना नागरिकको रक्षा गर्न पनि आग्रह गरेको छ ।

महाकाली नदीपारि धार्चुलामा अहिले सैयौं नेपाली नागरिकहरु अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय भारतीय अधिकारीहरु तथा सामाजिक संस्थाहरुले खानाको प्रवन्ध मिलाउन थालेका छन्। तर, त्यो अपर्याप्त भएको अलपत्र परेका नेपालीहरु बताउँछन्।

ज्यानको बाजी लगाएर महाकाली नदी पार गरेर नेपाली सीमामा प्रवेश गरेका केही नेपालीहरुलाई पक्राउ गर्ने नेपाल प्रहरीको कामको सामाजिक संजालमा व्यापक आलोचना भएको छ । कोरोना संक्रमण रोक्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २५ को मध्य रातिदेखि तीन सातासम्म पूरै देश ‘लक डाउन’ गर्ने घोषणा गरेका छन् ।

पछि ठूलो दु:ख खेप्दै श्रमिकको रुपमा भारतमा काम गरिरहेका सैयौं नेपालीहरु सुदूर पश्चिम नेपालको नेपाल-भारत सीमामा आइपुगेका छन् । तर, नेपालमा पनि लकडाउन  भएको जनाउँदै नेपाली अधिकारीहरुले उनीहरुलाई नेपाल प्रवेश गर्न अनुमति नदिएर सीमामै रोकी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?