Comments Add Comment

यूईएफए अध्यक्ष भन्छन् : च्याम्पियन्स लिग अगस्ट पहिलो साता सकाउनै पर्छ

२३ चैत, काठमाडौं । कोरोना भाइरस महामारीको कारण अहिले विश्वका सबैखाले खेलकुद गतिविधि ठप्प छ । स्थगित भएका फुटबल अब कहिले सुरु होला भनेर सबैको चासो छ भने सरोकारवाला निकायहरु पनि त्यसलाई सकाउन चाहन्छन् ।

विश्वकै चर्चित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग सकाउन यूईएफए पनि कुरिरहेको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएका अध्यक्ष अलेक्जान्डर कफेरिनले च्याम्पियन्स लिग अगष्ट पहिलो साता सकाउनै पर्ने बताए । साथै, युरोपा लिगको हकमा पनि त्यही लागु हुनेछ ।

‘हामीसँग च्याम्पियन्स लिग र युरोपा लिग फेरि सुरु गर्ने फरक विकल्प छन् ।’ कफेरिनले जेडडिएफसँगको अन्तर्वार्तामा भनेका छन् । ‘यो मे, जुन, जुलाईमा पनि हुनसक्छ। यो विकल्प पनि छ’ उनले भने ।

कफेरिनले यसबारे काम गर्ने समूह रहेको तर सरकारले खेल्न दिने वा नदिनेमा पनि भरपर्ने बताए । ‘च्याम्पियन्स लिग र युरोपा लिग अगष्ट ३ भित्रै सकाइनुपर्छ। यो सेप्टेम्बरमा पनि हुनसक्दैन अक्टोबरमा पनि हुन सक्दैन’ फेरिनले भने ।

कफेरिनले बरु दुई लेगको सट्टा एक लेग मात्र खेलाउन सकिने समेत बताए । यस्तै अन्तिम ८ वा अन्तिम ५ का खेलहरु एकै सिटीमा हुनसक्ने सम्भावना समेत रहेको उनले बताए ।

‘धेरै विकल्पहरु छन् । यो अनौंठो अवस्था छ । हामी सबै लचिलो हुनुपर्छ, ’ कफेरिनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment