+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

साहरुखले क्वारेन्टाइनका लागि आफ्नो अफिस दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १३:४५

बलिउड नायक साहरुख खानले केही दिन अगाडि मात्र कोरोना संक्रमितहरुका लागि विभिन्न सहयोगको घोषणा गरेका थिए । साहरुखले गरेको सहयोग घोषणाले भारतमा रामो चर्चा पाइरहेको छ ।

यसैबीच, साहरुख र उनकी पत्नी गौरीले सरकारलाई नयाँ सहयोगको घोषणा गरेका छन् । महाराष्ट्र सरकारसँग उनीहरुले क्वारेन्टाइनका लागि आफ्नो चार तल्लाको अफिस दिने घोषणा गरेका छन् ।

महाराष्ट्र सरकारले उनीहरुको घरलाई क्वारेन्टाइनका लागि प्रयोग गर्ने बताएको छ। साहरुख र गौरीले कोरोना संक्रमितको आशंका रहेका वा कोरोना संक्रमित रहेका वृद्धा मानिस, महिला र बालबालिकाका लागि यो घर दिने बताएका हुन् ।

साहरुख र गौरीको यो नयाँ सहयोगका लागि महाराष्ट्र सरकारले धन्यवाद समेत दिइसकेको छ । बलिउड नायक साहरुख खान कोरोनासँगको यो लडाइँमा खुलेरै लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?