
कोरोना संक्रमणपछि मानिसहरु लकडाउनमा छन् । मानिसहरु घरमै बस्दा सडकमा देखिएको जनावरहरु भने भोकै हुने समस्या बढ्दै गएको छ ।
विश्वका विभिन्न देशका कलाकारहरुले यो बिषयमा आवाज पनि उठाइरहेका छन् । यसैविच, केही दिन अगाडि मात्र नायिका वर्षा सिवाकोटीले कुकुरलाई खाना खुवाउँदै अरुलाई पनि जनावरलाई एक्लै नछाड्न अपिल गरेकी थिइन् ।
अब, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’ मार्फत नगद १ लाख सहयोग गरेका छन् । जनावरको खानाका लागि उनीहरुले यो रकम सहयोग गरेका हुन् ।
एनिमल नेपाल नामक संस्था मार्फत उनीहरुले यो नगद सहयोग गरेका हुन् । जनावरलाई ‘एक कचौरा पानी, एक कचौरी खाना’को व्यवस्था यो संस्थाले गर्नेछ । आयंका जोडीले आफूले सकेको सहयोग गर्न र घरमै सुरक्षित बस्न अपिल पनि गरेका छन् ।
बिहेपछि यो जोडी भैसेपाटीमा बस्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4