Comments Add Comment

प्रधानमन्त्री ओलीले आज ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै छन् ।

उनले मंगलबार बिहान ११ बजे बालुवाटारस्थित निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्नेछ ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिने उनको सचिवालयले जनाएको छ । साथै उनले आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न आग्रह गर्ने बताइएको छ ।

सरकारले ११ चैतदेखि सुरु भएको लकडाउनको अवधि बढाएर ३ वैशाखसम्म पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment