Comments Add Comment

रोनाल्डिन्हो जेलमुक्त

काठमाडौं । ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । स्पानिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो एक महिनाअघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै पाराग्वेमा पक्राउ परेका थिए ।

त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाईएको थियो तर उनीहरु ३२ दिनपछि जेलमुक्त भएका हुन् ।

न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको फैसाल नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरी रिहा गरिएको बताएका छन् ।

रोनाल्डिन्हो र उनका दाजु पाराग्वेको एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा त्यहाँ पुगेका थिए । उनीहरुसँग नक्कली कागजात भेटिएपछि होटलबाट उनीहरु पक्राउ परेका थिए ।

रोनाल्डिन्होसँग अहिले आफ्नै देश ब्राजिलको पासपोर्टसमेत छैन । सन् २०१८ मा एक जरिवानापछि उनको पासपोर्ट खोसिएको थियो ।

दुईपटक फिफा प्लेअर अफ दी इअर र एकपटक बालोन डे ओर अवार्ड जितेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलबाट फिफा विश्वकपसमेत जितेका थिए । उनले बार्सिलोना, पीएसजी, एसी मिलानलगायत क्लबबाट फुटबल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment