Comments Add Comment

भान्साको ओखती : औषधीय गुणले भरिपूर्ण लसुन

लसुनले तरकारीमा स्वाद बढाउँछ, बास्ना थप्छ । तर, लसुनको खास गुण अरु नै छ । यो प्राकृतिक एन्टिबायोटिक हो, जसले बिना असर शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।

यसमा क्यान्सर बिरोधी यौगिक पाइन्छ, जसले क्यान्सरको बिरामी हुनबाट रोक्ने सामथ्र्य राख्छ । यसमा रहेको यौगिक र रसायनले केहि प्रकारको क्यान्सरको कोशिका शरीरमा बढ्न दिदैन ।

क्यान्सर प्रतिरोधी गुण

लसुनमा एन्टि अक्सिडेन्ट हुन्छ, जो फ्रि रेडिकल्स डिएनए कोसिकामा नोक्सान पुग्नबाट बचाउँछ । यसैले क्यान्सरबाट बचाउँनका लागि दुबै उपयोगी हुन्छ । विभिन्न सोधबाट यो कुरा सिद्ध भएको छ कि, नियमित रुपले लसुन सेवन गर्दा ब्लड क्यान्सर, ब्रेस्ट र पेटको क्यान्सरको संभावना कम हुन्छ ।

रोगसँग लड्ने क्षमता बढाउन

लसुनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्छ । लसुनको दुई केस्रा मह र अदुवासँग सेवन गर्नुपर्छ ।

रगत शुद्धिकरणका लागि

कति कोसिस गर्दापनि तपाईको हातखुट्टा वा गर्दनमा मूसाको समस्या देखिएको छ ? वा छालाजन्य रोग लागेको छ ? हुनसक्छ तपाईको रगत सफा छैन । काँचो लसुनको दुई केस्रा मनतातो पानीसँग पिउनुपर्छ, रगत सफा हुन्छ । यसको प्रभाव तपाईको छालामा पनि देखिनेछ ।

कोलोस्टरको स्तर घटाउँन

लसुन आफ्नो एन्टिअक्सिडेन्ट गुणको कारण कोलेस्टोरको स्तर नियन्त्रित राख्न उपयोगी हुन्छ । के पनि पाइएको छ भने, नियमित रुपले लसुन सेवन गर्दा उच्च रक्तचाप र ब्लड सुगर पनि नियन्त्रण भएको छ ।

इन्फेक्सन हुन दिदैन

लसुनमा एन्टि ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण हुन्छ । त्यसैले यसको सेवनले सानोतिनो इन्फेक्सनको भय हुँदैन ।

 कसरी सेवन गर्ने ?

लसुनलाई विहान खाली पेटमा सेवन गर्न सकिन्छ । यो नै प्रभावकारी तरिका हो । यसरी सेवन गर्दा लसुनमा रहेको औषधिय गुण प्राप्त गर्न सकिन्छ ।

लसुन पकाएर भन्दा पनि काँचो खानु उत्तम हो ।

लसुनलाई महमा मिसाएर पनि सेवन गर्न सकिन्छ । यो प्रभावकारी विधी हो ।

कुन अवस्थामा नगर्ने ?

१. न्युन रक्तचापमा लसुन लाभदायक नहुन सक्छ ।

२. गर्भावस्थामा पनि लसुनको सेवनले हानी गर्न सक्छ ।

३. रक्तअल्पताको समस्या छ भने लसुनको सेवन नगर्नु नै बेस हुन्छ ।

४. पेटको अल्सर वा छाती पोल्ने समस्यामा पनि लसुन सेवन गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment