+
+
Shares

नेकपा दमकद्वारा नगर समन्वय समितिलाई नगद हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २१:००

२६ चैत, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नगर कमिटीले कोरोना रोकथाम एवम् विपन्न समुदायलाई राहत वितरणका लागि गठित नगर समन्वय समितिलाई ३ लाख नगद हस्तान्तरण गरेको छ ।

बिहीबार दमक नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीलाई नेकपा दमक नगर कमिटीका अध्यक्ष वोधप्रसाद घिमिरेले नगर कमिटीको तर्फबाट ३ लाख एक हजार नगद हस्तान्तरण गरेका हुन् ।

थप ५ लाख रुपैयाँ नेकपाको दमक नगर कमिटीअन्तर्गत नगरका दशवटा वडा कमिटीको तर्फबाट केही दिनमै हस्तान्तरण गरिने नगर सचिव तिर्थराज बस्नेत (शंकर)ले बताए ।

दमक नगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गठित नगर समन्वय समिति कोरोना रोकथाम र विपन्न समुदायको राहतको लागि अहोरात्र क्रियाशील रहेको नगर उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?