Comments Add Comment

शत्रुता किन ?

को हुन् हाम्रा शत्रु ? आफन्त ? परिवार ? साथीभाई ? छिमेकी ?

‘कसलाई हे शत्रु भनेर जान्नु

ऋाफ्ना दशै इन्द्रिय शत्रु मान्नु’

आदिकवि भानुभक्त आचार्यले त यसै भने । हाम्रा इन्द्रिय शत्रु हुन्, जबसम्म त्यसलाई हामी आफ्नो वशमा राख्न सक्दैनौं ।

कति भन्ने गर्छन्, रोग भन्दा ठूलो शत्रु कोही छैन । कतिले भन्ने गर्छन्, गरिबी नै भयांकर शत्रु । शत्रुको सम्बन्धमा यस्ता अनेकथरी बुझाई र भनाई छ । यद्यपि आफैभित्रको विकार, कुष्ठा, अति आकंक्षा, अल्छीपन, खराब प्रवृत्तिलाई शत्रु मान्ने गरिएका छन् । भनिन्छ नि, बाहिरी शत्रुसँग त जुध्न सकिन्छ, तर भित्री शत्रुसँग जुध्न कठिन छ । आफैभित्रको शत्रुसँग जुध्न कठिन छ ।

त्यसो त व्यवहारिक जीवन चलाउने क्रममा हामी आफन्त, साथीभाईसँग पनि वैरभाव राख्न पुग्र्छौं । एकअर्कालाई रिस पोख्ने गर्छौं । बोलचाल बन्द गछौं । द्वन्द्व गर्छौं । यसरी शत्रुता मोल्नु पक्कै उचित हुँदैन । हामीसँग जति धेरै साथीभाई वा मित्र हुन्छन्, उत्तिनै जीवन सहज र खुसी हुन्छन् ।

तर, नचाहेर पनि बेलाबखत कसैसँग हामी शत्रुता मोल्न पुग्छौं ।

संभवत मानव प्रवृत्ति नै हो, शत्रुता र मित्रता । माानव जातिको अस्तित्वमा उसको शत्रु अर्थात दुश्मन जति पुरानो हुन्छ, उसको भविष्य पनि शत्रु बराबर नै हुन्छ । के पनि भनिन्छ भने शत्रुता भनेको आफ्नो प्रगति जाँच्ने इकाई हो । भनाई छ, दुई चार जना शत्रु कमाएको छैन भने प्रगति गरेको छैन भनेर बुझ्नुपर्छ ।

पहिलो फाइदा

शत्रुताको सबैभन्दा पहिलो फाइदा भनेको त्यसले हामीलाई सतर्क राख्छ । शत्रु बिना हामी लापरवाह हुन्छौं । जसका कारण कुनै अचानक आएको सानो आपतले पनि हामीलाई नष्ट गर्न सक्छ ।

दोस्रो फाइदा

हामीलाई शत्रुबाट दोस्रो फाइदा भनेको उनीहरुले हामीलाई हाम्रो कमजोरीहरुमा केन्द्रित हुन सिकाउँछन् । हामी कहाँ शक्तिशालि छौं र कहाँ कमजोर छौं भन्ने कुराको ज्ञान शत्रुको अनुपस्थिति बिना हुन सक्दैन । त्यसो त शत्रुको अनुपस्थितिमा आफ्ना कमजोरीहरुमा केन्द्रित हुन औचित्यहीन लाग्छ ।

तेस्रो फाइदा

शत्रुबाट हामीलाई तेस्रो फाइदा भनेको यसले हामीलाई संगठित गर्छ । एकता शत्रु बिना सम्भव हुँदैन । शत्रु बिनाको एकताले कुनै औचित्य पनि राख्दैन । शत्रु भनेको मानिसलाई एकै ठाउँमा जम्मा गर्ने र खुट्टाको शक्तिलाई उत्पन्न गराउने गुरुत्वाकर्षण बल हो । यो ब्रम्हाण्डमा एकता बनाउने शत्रु भन्दा अर्को कुनै कारक नै छैन । आज सम्पूर्ण संसार एकताको एक सूत्रमा बाँधिएको छ, जसको कारण हो कोरोना अर्थात एउटा वैश्विक शत्रु ।

चौथो फाइदा

हामीलाई शत्रुबाट हुने चौथो फाइदा भनेको यसले हामीलाई विभिन्न विकल्पहरुमा ध्यान दिन पर्छ भन्ने कुरा सिकाउँछ । शत्रु उत्पन्न भएपछि हामी विभिन्न विकल्पहरुको बारेमा सोच्न थाल्छौं र ती विभिन्न समस्याको विभिन्न समाधानहरु पनि हाम्रो मस्तिष्कमा उत्पन्न हुन्छ । शत्रु नभएको भए  मनुष्य आदि कालदेखि अहिलेसम्म एउटै धारको जिन्दगी बाँचिरहेका हुन्थ्यौं ।

पाँचौं फाइदा

शत्रुबाट हुने पाँचौं फाइदा भनेको यसले हामीलाई अमर बनाउँछ । कुनै विनाशक शत्रुबाट मानवतालाई बचाउने नायकले इतिहासमा अमरत्व प्राप्त गर्छ । शत्रु बिना इतिहास कसरी लेखिन्छ ? त्यस्तै नायक र महानायकलाई कसले सम्झन्थ्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment