
३० चैत, हेटौंडा । दुर्घटनाको घाइते बोकेको भन्दै लकडाउन तोड्ने एम्बुलेन्सलाई प्रहरीले हेटौंडाको सीमाचोकबाट नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका घाइतेलाई भरतपुर लैजाने भन्दै रौतहटबाट ७ जना यात्रु लिएर आएको ना ४ च ८३२ नम्बरको एम्बुलेन्सलाई पूर्वपश्चिम राजमार्गमा पर्ने सीमाचोकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
रौतहटको शान्ति नगर टोल विकास समितिले सञ्चालन गरेको एम्बुलेन्सले लकडाउनको समयमा यात्रु बोकेको हो ।
एम्बुलेन्समा रहेका यात्रुले भरतपुर जाने र चालकले काठमाडौं जाने बताएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4