
अहिले विश्व नै कोरोना भाइरस माहामारीबाट आक्रान्त छ । कुनै औषधी वा खोप नभएकोले यो विश्वभरी लगातार फैलिरहेकोछ । यो रोग विशेष गरेर सिंगान, खकार अनि मुख र नाकबाट निस्कने छिटाबाट फैलिने भएकोले मानिसहरु एक अर्काबाट टाठा रहनु नै यसलाई फैलिनबाट जोगाउने वा प्रकोप कम गर्ने एक मात्र उपाय हो । यसैलाई सामाजिक दूरी वाशारीरिक दूरी भनिन्छ ।
विश्व स्वास्थ्य संगठनले सामाजिक दूरीलाई अब शारीरिक दूरी भन्न थालेको छ । विश्व स्वास्थ्य संगठनकी माहामारी रोग विज्ञ मारिया भान कारखोवले भनेकी छिन्, ‘अहिले हामीलाई प्रविधिले धेरै सजिलो बनाएको छ । कुनै ठाउँमा वा स्थानमा शारिरिक उपस्थिति नजनाइकन पनि धेरै तरीकाले हामी एकअर्कासंग सम्पर्कमा रहन सक्छौं, जोडिन सक्छौं ।’
‘हामीले प्रत्येक व्यक्तिको शारीरिक तन्दुरुस्तीका लागि शारीरिक दूरी आवश्यक पर्छ तर, मानसिक तन्दुरुस्ती पनि उत्तिकै महत्वपूर्ण भएकोले सामाजिक एकान्तता वा सामाजिक दूरी त्यति उपयुक्त हुँदैन ।’ अमेरिकाको स्टाण्डफोर्ड विश्व विद्यालयका प्रोफेसर जेरमी फीसले भनेकी छिन् ।
कति हुनुपर्ने त शारिरिक दूरी ?
विश्व स्वास्थ्य संगठनले मान्छे मान्छेबीचका शारिरिक दूरी कम्तीमा एक मिटर हुनुपर्छ पर्छ भनी सफिारिस गरेकोछ भने अष्ट्रेलियाका सरकारको स्वस्थ्य विभागले यसलाई कम्तीमा १.५० मिटर हुनुपर्ने सामजिक दूरीको मार्ग निर्दशिकामा उल्लेख छ । तर, विश्वभरीका अधिकांश विज्ञहरुले यो दूरी कम्तीमा दुई मिटर हुनुपर्छ भन्छन् ।
शारीरिक दूरी कायम राख्ने विभिन्न उपायहरु पनि सुझाइएकोछ ।
-अति आवश्यक नभइकन घरबाहिर ननिस्कने
-आवश्यक परे र सम्भव भए घरमै बसेर काम गर्ने
-आफन्तहरु, साथीभाइ तथा प्रियजनहरुसंग भेट हुन नखोज्ने बरु संचार प्रविधि (टेलेफोन, इमेल, मेसेन्जर आदि)मार्फत सम्पर्कमा रहने
-सकेसम्म बाहिरी मानिसहरुलाई घरमा नबोलाउने वा नगाउ भन्ने
-भीडभाडमा नजाने जानै परे दूरी कायम गर्ने
-धार्मिक वा सामाजिक समारोहरु अहिलेलाई थाती राख्ने
-सार्बजनिक यातायातमा यात्रा नगर्ने, गर्नै परे दूरी कायम गर्ने
(स्वस्थ्यकर आनीबानी अपनाउने हाछ्यू गर्दा वा खोक्दा मुख छोप्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सकेसम्म आँखा, नाक र मुख हातले नछुने, मास्क लगाउने, ग्लोब लगाउने स्वस्छ हावामा रहने आदि) र,
-आफ्नो सरकारले जारी गरेको निर्देशिका पालन गर्ने ।
अहिले नेपालमा पनि सरकारले लकडाउनको घोषणा गरेकोछ र, तेस्रो हप्तामा चलिरहेकोछ ।
पढौं, लेखौं, घरायसी काम गरौं । घरमै योग, ध्यान, शारिरिक कसरत गरौं । टेलिफोन, इमेल, मेसेन्जर आदि मार्फत आफन्त र प्रियजनहरुसंग जोडियौं । टेलेभिजन, इन्टरनेट, पोर्टल वा इ-पत्रिका तथा विविध सामाजिक संजालमार्फत सुसूचित भइरहौंअनि यिनैबाट भरपूर मनोरन्जन गरौं ।
र, सरकारको निर्देशन अनुसार सामाजिक तथा शारीरिक दूरी कायम राखौं ।
अहिलेको सबैभन्दा ठूलो धर्म यही हो, सबैभन्दा ठूलो देशभक्ति यही हो ।
प्रतिक्रिया 4