Comments Add Comment

वर्क फ्रम होम : भर्चुअल शिष्टचारको पालना गरौं

तपाईं-हामी मध्ये धेरैले घरबाटै आफ्नो काम गरिरहेका छौं । कार्यलय आउजाउ गर्ने अनुकुलता छैन । लकडाउनलाई पालना गर्दै घरभित्र बस्नु परेको छ । घरभित्र बसेपनि आफ्नो कामधन्दा रोक्ने कुरा भएन । संभव भएसम्म त आफ्नो काम गर्नैपर्छ ।

अहिले सुविधा के छ भने घरबाटै हामी आफ्नो कार्यलय, समाजसँग जोडिन सक्छौं । एउटा सानो कोठोभित्र बसेर विश्वलाई चिहाउन सक्छौं । साथीभाईसँग भलाकुसारी गर्न सक्छौं ।

किनभने अहिले हामीसँग आफ्नो कार्य सम्पादनका लागि मोवाइल, ल्यापटप लगायतका ग्याजेट्स उपलब्ध छन् । सबैसँग जोडिनका लागि इन्टरनेट उपलब्ध छन् । त्यसैले त लकडाउनको क्रममा पनि कतिपय कामहरु रोकिएको छैन, सुचारु छन् ।

घरबाटै कम गर्नु हाम्रो लागि एक फरक अभ्यास हो । कार्यलयमा गएर काम गर्नु र घरबाट काम गर्नुमा केही सजिला–अप्ठ्यारा छँदैछ । तर, घरबाट काम गरिरहेका बेला हामीले केही शिष्टचार अपनाउनुपर्छ । किनभने हामी भौतिक रुपमा सबैतिर उपस्थित नभएपनि भर्चुअल रुपमा त उपस्थित छौं । त्यसैले आफुलाई केही व्यवस्थित बनाउनु आवश्यक छ ।

किन ?

किनभन, कतिपयसँग भर्चुअल माध्यामबाट दोहोरो सम्बाद स्थापित गर्नुपर्ने हुन्छ ।

किनभने, कतिपय कम्पनीको भर्चुअल मिटिङ हुन्छ ।

किनभने, आफन्त एवं साथीभाईसँग भिडियो च्याटमार्फत जोडिनुपर्ने हुन्छ ।

म्यासेन्जर, भाइबर, ह्वाट्सएप, स्काइपसहितका भिडियो कल पनि निकै उपयोग भैरहेका छन् । आफ्ना बोस तथा समुहका अन्य सहकर्मीहरुसंग कुराकानी गर्नका लागि अनलाइन टूलहरु पनि प्रयोग भैरहेका छन् । यस्तो बेला अनलाइन शिष्टाचार अति नै आवश्यक बनेको छ ।

–अनलाइनमा काम गरिरहँदा अथवा मिटिङ गरिरहेको बेला आफूलाई त्यसरी नै प्रस्तुत गर्नु पर्छ, जसरी तपाईंले अफिसमा आफुलाई प्रस्तुत गर्नु हुन्छ । घरमा पनि अर्थात जहाँ तपाईं बसेर काम गरिरहनु भएको छ, त्यहाँ पनि व्यवसायिक माहौल हुनु पर्छ ।

–वरपरका कुनै पनि सामानहरु छरिएको अथवा अस्तव्यस्त अवस्थामा भएको राम्रो देखिदैन ।

–भिडियो कलको क्रममा तपाईं फ्रेश तथा तयार भएको जस्तो देखिने प्रयास गर्नु पर्छ ।

–नोट गर्नका लागि आफूसंग डायरी तथा कलम अवश्य राख्नु पर्छ ।

–जब अनलाइन कलमा अन्य साथीहरु बोलिरहेका हुन्छन्, त्यो बेला तपाईं बीचमा बोल्नु हुँदैन ।

–कलको क्रममा अन्य कुनै पनि एपहरु नखोल्नु होला तथा कुनै पनि प्रकारको आवाज ननिकाल्नु होला ।

–अनलाइन मिटिङको क्रममा तपाईंका घरका कुनै सदस्यको आवाज अथवा टेलिभिजनको आवाज पनि नआओस् भन्ने कुरामा ध्यान दिनु पर्छ ।

–जहाँ तपाईं बसिरहनु भएको छ, त्यहाँ उज्यालोका साथै स्वच्छता पनि हुनु पर्छ ।

इन्टरनेट प्रयोग गर्दा ध्यान दिनु पर्ने अन्य कुराहरु

–भड्किलो अथवा आपत्तिजनक कमेन्ट अनलाइन पोस्ट गर्नबाट बच्नु पर्छ ।

–कुनै पनि व्यक्तिको व्यक्तिगत जानकारी, तस्बिर अथवा भिडियो शेयर नगरि अरुको गोपनियताको सम्मान गर्नु पर्छ ।

–कहिले पनि ठूलो मात्रामा अनावश्यक ईमेल पठाएर अरुलाई दुःख दिनु हुँदैन ।

–वेब फोरम अथवा वेबसाइटको टिप्पणीहरुमा मानिसहरुलाई पटक–पटक दुःख दिने अथवा दुःख दिने खालको ट्रोल बनाउनु हुँदैन ।

–कुनै पनि इमेल अथवा पोस्टमा क्यापिटल लेटरको प्रयोग गर्नबाट बच्नु पर्छ । केही मानिसहरु के सोच्दछन् भने सम्पूर्ण सन्देशहरु क्यापिटल लेटरमा लेख्दा पढ्न सजिलो हुन्छ, वास्तवमा त्यसको ठिक विपरित भैरहेको हुन्छ । क्यापिटल लेटरमा लेख्नाले केवल पढ्न मात्र गाह्रो हुने हैन, त्यो हल्ला गरेको जस्तो गरि देखा पर्छ, जुन देख्दै अफ्ट्यारो लाग्ने हुन्छ ।

–अनलाइन फोरममा पोस्ट गर्ने बेलामा अथवा तस्बिर तथा भिडियोमा कमेन्ट गर्ने बेला विषयमा केन्द्रित हुनु पर्छ, जस्तो यूट्युब अथवा फेसबुकको कमेन्टमा ।

–इन्टरनेटमा असभ्य भाषा प्रयोग गर्नबाट बच्नु पर्छ ।

–अत्यधिक नकारात्मक टिप्पणीहरुलाई नकारात्मक जवाफ दिनबाट बच्नु पर्छ । त्यसको साटो एउटा सकारात्मक पोस्टमार्फत उक्त चक्रलाई तोडिदिनु पर्छ ।

–यदि कसैले प्रश्न सोध्छन् र तपाईंर्लाइ जवाफ थाहा छ भने उनीहरुलाई सहयोग गर्नका लागि प्रस्ताव राख्न सक्नु हुनेछ ।

–इमेल पठाउने बेला, विषय क्षेत्रको उपयोग गर्नु पर्छ, किनभने यसले प्राप्तकर्तालाई इमेल चाँडै चिन्न सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment