+
+

सहयोग रोक्ने ट्रम्पको निर्णयप्रति डब्लुएचओद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते २३:३२

३ वैशाख, काठमाडौं । सहयोग रकम रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानम गेब्रेससले दुःख व्यक्त गरेका छन् ।

बुधबार नियमित मिडिया ब्रिफिङमा गेब्रेससले जस्तो परिस्थितिमा पनि सार्वजनिक स्वास्थ्य, विज्ञान र विश्वभरका मानिसहरुलाई सेवा दिने प्रतिवद्धतामा अडिग रहने बताएका छन् ।

साथै संगठनलाई दिँदै आएको सहयोग रोक्ने अमेरिकाको निर्णयले पार्ने असरबारे पनि विचार गरिरहेको उनले बताए । यसबाट पर्ने असर आकलन गरेपछि डब्लुएचओको कामलाई प्रभावित नहुने गरी निर्णय गर्ने उनले बताएको बीबीसीले जनाएको छ ।

डब्लुएचओले अहिले पनि विश्वलाई कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बचाउन आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । साथै विश्वका सबै मानिसलाई सेवा प्रदान गर्न आगामी दिनमा प्रत्येक मुलुकहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

डब्लुएचओको सबैभन्दा ठूलो दाता अमेरिका हो । तर, चीन केन्द्रीत भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?