Comments Add Comment

बच्चाहरु मोटाएर हैरान

विगतमा बुवाआमाहरुको चिन्ताको विषय हुन्थ्यो, आफ्ना बालबच्चा दुब्लो÷पातलो भएकोमा । अहिले अवस्था ठिक विपरित छ । बालबच्चाको मोटोपन उनीहरुको टाउको दुखाइको विषय बन्दैछ ।

बालबच्चा जब अस्वभाविक रुपमा मोटाउन थाल्छन्, अभिभावकको चिन्ता बढ्दै जान्छ । कसरी उनीहरुको मोटोपन नियन्त्रण गर्ने ? उपायको खोजी हुन्छ । कतिले दौडन पठाउँछन्, कतिले खेलकुदमा लगाउँछन्, कतिले खानपानमा कटौती गर्छन् ।

तपाईं-हामी नै देख्छौं, धेरैजसो बालबच्चाहरु मोटा छन् । पेट बढेको छ । विभिन्न अध्ययनले भन्छ, अहिले बच्चाहरुमा मोटोपनको समस्या बढेको छ ।

संभवत धेरै अभिभावकको टाउको दुखाईको विषय हो, छोराछोरीको मोटाई । विगतमा छोराछोरी दुब्लो÷पातलो भएकोमा अभिभावकलाई चिन्ता हुन्थ्यो । अहिले ठिक विपरित छ । अर्थात, छोराछोरी अस्वभाविक मोटाएकोमा तिनका आमाबुवालाई पिर परेको छ ।

पछिल्लो अध्ययन अनुसार बच्चाहरु मोटाउने क्रम दश गुणाले बृद्धि भएको छ । बिबिसीमा प्रकासित एक लेख अनुसार चार दशक यता १८ बर्षभन्दा कम उमेरको किशोर तथा बच्चामा मोटोपनको स्तर दश गुणाले बढेको हो । अहिले विश्वभरमा मोटो बच्चाको संख्या १२ करोडभन्दा बढी छ । दुई सय बढी देशमा गरिएको अध्ययनबाट यस्तो निचोड निकालिएको हो

किन मोटोपन ?

यसमा अनेक कारण छन् । अहिलेका बच्चाहरु तुलनात्मक रुपमा निस्क्रिय छन् । उनीहरु घरभित्रै बस्छन् । घरभित्रै खेल्छन् । मोवाइल जस्ता ग्याजेट््सले त उनीहरुलाई एकै स्थानमा थन्को लगाइदिएको छ । मोवाइल पाएपछि उनीहरु एउटै सोफामा घण्टौ बिताइदिन्छन् । एउटै कोठाभित्र दिन कटाइदिन्छन् ।

बाहिरी खेलकुदमा उनीहरु त्यती जाँगर चलाउँदैनन् । अहिले बाहिर खेल्ने अनुकुलता पनि त्यती छैन । शारीरिक गतिविधि कम छ । न उनीहरु घरको काम गर्छन्, न बगैंचाको, न खेतीबालीको ।

अर्को कारण हो, उनीहरुको खानपान । अहिलेका बालबच्चा जंकफुडको सेवन गर्छन् । बजारमा उपलब्ध खानेकुरा खान्छन् । घरको ताजा र स्वस्थ्यवद्र्धक खानेकुरा रुचाउँदैनन् । टेलिभिजन हेरिरहँदा, गेम खेलिरहँदा उनीहरु खाइरहेकै हुन्छन् । खानेकुरा र खाने शैलीको कारण पनि अहिलेका बालबच्चा मोटाएका हुन् ।

शोधकर्ताले पनि अहिलेका बालबच्चामा मोटोपन बढ्नको कारण यसरी उल्लेख गरेका छन्, ‘सस्तो र मोटोपन बढाउने खानाले मोटोपन बढिरहेको छ ।’

त्यसो त कतिपयमा वंशानुगत नै मोटोपन देखिएको पाइन्छ । आमाबुवा मोटा हुँदा पनि छोराछोरीमा त्यसको प्रभाव पर्ने बताइन्छ ।

के छ खतरा ?

मोटोपन आफैमा समस्याको रुपमा देखा परेको छ । मोटोपनले शरीर भद्दा र असुहाउँदिलो मात्र हुने होइन, मधुमेह, उच्च रक्तचापको जोखिम पनि बढाउँछ ।

विश्व मोटोपन दिवसको बेला जारी गरिएको रिपोर्ट अनुसार सन् २०२५ सम्ममा मोटोपनको कारण हुने रोगको उपचारमा ९ सय २० अर्ब पाउन्ड खर्च हुनेछ ।

मोटा बच्चाको संख्या पूर्वी एशियामा बढिरहेको छ । चीन, भारत तथा नेपालमा पनि यसको दुष्प्रभाव परेको छ ।

शोधकर्ताले के अनुमान गरेका छन् भने, मोटोपन भएका बच्चाको संख्या अहिलेकै रफ्तारमा बढ्ने हो भने, अन्डरवेट बच्चाभन्दा मोटा बच्चाको संख्या अत्याधिक हुनेछ । सन् २००० यता विश्वमा अन्डरवेट बच्चाको संख्या लगातार घटिरहेको छ । २०१६ मा विश्वभर करिव १९ करोड बच्चा अन्डरवेट थिए । अहिले यो संख्या मोटा बच्चाहरुले उछिनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment