+
+
Shares

कतारबाट फर्केका युवक एक महिनापछि क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १०:०८

५ वैशाख, रौतहट । गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्‍याएको छ ।

कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत ४ मा आएकाहरुको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले चन्द्रपुर नगरपालिका १ वाग्मतीबाट उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनस्थल लगेको हो ।

कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा कोरोना संक्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयले सबैको खोजीका लागि देशभरिकै प्रहरी युनिटलाई पत्राचार गरेको थियो ।

‘उनी चढेको फ्लाइटका केहीमा संक्रमण देखिएकोले कन्ट्याक ट्रेसिङ गर्दै घरबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर शाहीले भने ‘आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएपछि आज पुनः स्वाब टेस्ट गराउदैछौँ।’

सरकारले विदेशबाट आएकाहरुलाई कम्तीमा पनि दुई साता क्वारेन्टाइनमा बस्न आह्वान गरे पनि जनप्रतिनिधिहरुले समेत घटना लुकाएको डीएसपी शाहीले बताए । कतारबाट फर्केका युवकलाई उनका दाजु चन्द्रपुर १ का वडा अध्यक्षले घरमै राखेका थिए ।

सोही विमानबाट आएका रौतहटको साबिक रंगपुरका अर्का व्यक्तिको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?